वीरगन्ज । कृष्णा प्रसाद कुशवाहा। भारतमा डिजेल र पेट्रोल महँगो भएसँगै नेपालबाट यसको दिनहुँ तस्करी भइरहेको छ।पकाहा मैनपुर गाउँपालिकामा रहेको सरस्वती आयल स्टोर र कामेश्वर चौरासिया आयल स्टोरबाट डिजल र पट्रोल को तस्करी भइरहेको छ।
सस्त्र प्रहरी बल पकहा मैनपुर र अमरपटीको मिलोमतमा दैनिक पेट्राेल र डिजलको तस्करी भइरहेको छ।
नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु १०० र पेट्रोलको प्रतीलिटर रु १०६.५० रुपैयाँमा बिक्री भइरहेको छ भने भारतीय बजारको तुलनामा नेपालमा डिजेल पेट्रोल प्रतिलिटर रु १० /१२ रुपैयाँ सस्तो परिरहेको छ। एउटा मोटरसाइकल र साइकलमा चार वटासम्म ग्यालनमा डिजेल र पेट्रोल खरिद गरी प्रहरीको मिलोमतमा प्रसौनी, हास्वा र धो रे को नाका हुँदै भारतीय बजार भेलाहि, मुशहरावा,शिशवा, सिक्टा, सिध्वलिया र कथियमाथिया बेच्ने गरेका छन्
विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय मोटरसाइकल फिर्ता जाने क्रममा अत्यधिक पेट्रोल लिएर जाने गरेका छन्। नेपालभन्दा भारतमा डिजेल र पेट्रोल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो। हिजो आज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ।
भारतिय तस्करहरुका कारण नेपली जनतालाई दुःख खेप्नु परेको छ। भारतिय तस्करहरुले मूल्य भन्दा २ रुपियाँ बढी दिएर तेल लाग्ने गरेका छन् । भने नेपली जनतालाई लाइनमा नै बस्नु परिरहेको छ। यस विषयमा प्रहरीलाई पनि भन्दा प्रहरीबाट केही प्रतिक्रिया न आएको ले स्थानिय हरुले गुनासो गरेका छन्।