• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किसानको पीडा : ऋण तिर्न जग्गा बेचेँ, पैसा पाउने ठेगान छैन

  • वीरगंज संजाल
  • २९ मंसिर २०७७, सोमबार २२:४१
  • २७९७

    वीरगंज। गतवर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको पाँचबुँदे सहमतिपछि यी किसानलाई लागेको थियो, अब त पक्कै पैसा पाइन्छ । सरकारसँग भएको उक्त सहमति एक साता, एक महिना गर्दै वर्ष वित्यो तर पैसा पाएनन् । साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखु खेती गरेका उनीहरुलाई साँवा र ब्याजको चिन्ताले सतायो । विगत चारवर्षदेखि नै उखु बेचेको पैसा नपाएपछि मासिक किस्ता तिर्न सक्ने अवस्थासमेत भएन ।

    साँवा र ब्याज थपिँदै गएपछि ऋणबाट मुक्त हुनकै लागि सर्लाही रामनगर गाउँपालिका वडा नम्बर १ का रामनरेश यादवले आफ्नो बुबाको नाममा रहेको जग्गा बेच्न बाध्य भएको बताउँछन् । उनले करिब चारवर्ष अगाडि लिएको तीनलाख रुपैयाँ ऋण तिर्नको उनको बुबाको नाममा रहेको चार कट्ठा जग्गा बेचेको बताए ।
    गतवर्ष काठमाडौंमा गरेको आन्दोलन र त्यसपछि सरकारले गरेको लिखित सहमतिपछि पैसा पाउने धेरै आश गरेका थिए ।

    तर, तत्काल पैसा पाउने नदेखेपछि केही महिना अगाडि जग्गा बेचेको उनको भनाइ छ । उनले चिनी उद्योगबाट ६ लाख रुपैयाँ पाउन बाँकी रहेको पनि बताए । “३ लाख रुपैयाँ ऋण थियो । जग्गा बेचेर ऋण तिरेँ । तर, मिलबाट पाउन ६ लाख बाँकी छ,” उनले भने, “गतवर्षको आन्दोलन गरेपछि पनि पैसा नपाएपछि जग्गा बेचेको हो ।”
    उनले तीन लाख ऋण तिर्न चार कट्ठा जग्गा प्रति कट्ठा ८५ हजारका दरले बेचेको बताए । “त्यहाँ भाउ नै कट्ठाको ८०–८५ हजार छ । ८५ हजार कट्ठामा चारकट्ठा जग्गा बेचेँ,” उनले भने । यादवको घरमा ११ जनाको परिवार छ । ती सबै उखु खेतीमै निर्भर छन् ।

    “हाम्रो पालिने पेशा नै उखु हो । म १० वर्षको उमेरदेखि उखु खेती गरिरहेको छु । मेरो बुवा पनि उखु किसान नै हो । चार वर्षदेखि हामीले दिएको उखुको पैसा पाएका छैनौं,” उनले भने । उनले कृषि विकास बैंकबाट तीनलाख रुपैयाँ ऋण लिएका थिए । महिना महिनामा ब्याज तिर्नुपर्ने तर नसक्ने भएपछि जग्गा बेचेको उनले बताए ।
    “हामी ११ जनाको सदस्य खान पुग्दैन । पाउनुपर्ने पैसा पनि पाइएन, ऋण त नतिरी भएन, त्यसैले जग्गा बेच्यौं,” उनले भने ।
    उनको जस्तै पीडा छ, रामनगर गाउँपालिका खैरवा वडा नम्बर १ कै राजमंगल यादवको पनि । उनले पनि ऋण तिर्नकै लागि जग्गा बेचेको बताए । सदरमुकाम मलंगवाको घडेरी बेचेर ऋण तिरेको उनले बताए । “ब्याजसमेत गर्दा ८ लाख रुपैयाँ ऋण पुगेको थियो, त्यो तिर्न घडेरी बेचेँ,” उनले भने ।
    उनले सदरमुकाममा रहेको एक कट्ठा घडेरी बेचेको बताए ।

    “महाजन (साहु) सँग ऋण लिएको थिएँ । ३६ प्रतिशत ब्याजदरमा । त्यो ऋण लिएको चारवर्ष जति भएको थियो,” उनले भने, “पाउनुपर्ने पैसा नपाएपछि घडेरी बेचेर ऋण तिरेँ ।” उनले पनि गत वर्षको सहमतिपछि बक्यौता पाउने सोचेका थिए । तर, उनले पैसा पाएनन् । “उद्योगीबाट पैसा नपाएपछि घडेरी बेचेर ऋण तिरेको हुँ,” उनले भने ।

    उनको घरपरिवारमा २० जना सदस्य छन् । ती सबै उखु खेतीमै आश्रित छन् । “हामीले गर्ने भनेको नै उखु खेती हो । ४–५ बिगाहा जमिनमा उखु खेती गर्दै आएका छौँ । त्यहीँको आम्दानीले २० जनाको परिवार पालिएको थियो । तर अहिले पैसा नभएपछि खान दुःख भएको छ,” उनले भने ।

    यस्तै पीडा उनीहरुको मात्रै होइन, रामेश्वरप्रसाद यादव, गौरीशंकर पण्डितको पनि छ । उखु लगाउन खेत भाडामा लिएको र त्यही खेतको भाडा तिर्न नसकेर आफुसँग भएको थोरै खेत बेच्न बाध्य हुनुपरेको उनीहरुले बताए । तीन कट्ठा खेत बेचेर ऋण तिरेको पण्डितले बताए ।

    पैसा पाउन पटक पटक आन्दोलन गरेका उनीहरुले अब वार कि पार गरेर मात्रै घर फर्कने बताउँछन् । “जबसम्म पाउनुपर्ने पैसा पाउँदैनौं तबसम्म आन्दोलन गर्छौँ,” राजमंगल यादवले भने । उनीहरुले अब वार्तामा पनि नबस्ने बताएका छन् । “वार्ता कति पटक भयो, भयो । अब फेरि वार्ताको कुरामा हामी जाँदैनौं । सबैको बैंक खाता छ, त्यही खातामा पैसा नराखेसम्म जाँदैनौं,” उनले भने ।

    यसैबीच चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको सरकारले आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताएका थिए ।

    मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएको जानकारी गराए ।

    “किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु पनि रहेछन् भने उहाँहरुबाटै थाहा पाएँ । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईँहरू आफ्नो तर्फबाट अलि अन्वेषण गर्न पर्‍यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौँ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑