• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आविष्कार केन्द्रले ८० हजारमै तयार पार्‍यो अन्तर्राष्ट्रिय बजारमा ३ लाख पर्ने आइसोलेसन च्याम्बर

  • वीरगंज संजाल
  • Dec 14, 2020, 8:23 am
  • ३२९३

    वीरगंज । राष्ट्रिय आविष्कार केन्द्रले अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा सस्तो आइसोलेसन च्याम्बर तयार पारेको छ । केन्द्रले कोरोना भएका तथा आशंका गरिएका बिरामीहरुलाई एक ठाउँदेखि अर्को ठाउँसम्म सुरक्षित रुपमा सार्न मिल्ने आइसोलेसन च्याम्बर निर्माण गरेको हो ।

    कोभिड १९ का संक्रमित बिरामीहरुलाई ओसारपसार गर्न अनुमति पाएका दुई एयरलाइन्स मध्ये कैलाश एयरलाइन्सले केही समय अघि तीन लाख रुपैयाँमा चीनबाट ल्याएको आइसोलेसन च्याम्बर केन्द्रले भने ८० हजारमै निर्माण सम्पन्न गरेको निर्माण टोलीका सदस्य तथा मेकानिकल डिजाइनर दीपेन्द्र बस्नेतले टेकपानालाई बताए ।

    राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इंजिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको हो । विदेशी आइसोलेसन च्याम्बरको तुलनामा सस्तो भए पनि यसको गुणस्तरमा भने कुनै पनि सम्झौता नगरिएको बस्नेतले बताए ।

    ‘सामान्यतया पैसा कम हुँदा गुणस्तर नराम्रो होला भनेर मान्छेहरु बुझ्ने गर्छन्,’ बस्नेत भन्छन्, ‘तर यहाँ त्यस्तो छैन, हामीले प्रारम्भिक चरणबाट नै स्थानीय संसाधन प्रयोग गरेका छौं ।

    यहाँकै बायोमेडिकल इंजिनियर तथा चिकित्सहरुसँग पनि परामर्श लिइरहेका छौं । सबै कुरा परीक्षण भइसकेका छन् । गुणस्तरताको कुरामा कुनै सम्झौता गरेका छैनौं ।’

    कोभिड १९ को महामारी सुरु भएको तीन महिनापछि थालिएको उक्त परियोजना आवश्यक सामग्रीको अभावमा  पाँच महिनासम्म रोकिएको थियो । तर पछि पुनः यसलाई सुचारु गरेर केन्द्रले हालै यसलाई पूर्णता दिएको हो ।

    केन्द्रले यसका लागि स्थानीय रुपमै उपलब्ध संसाधनहरुको प्रयोग गरेको छ । ब्यागका लागि प्लास्टिक तथा पीभीसी फेब्रिकहरु प्रयोग गरेको छ ।

    त्यस्तै सेक्सन लिमिट निर्माणका केही जटिल भएको हुँदा पङ्खा जस्ता विभिन्न सामग्री विदेशबाट आयात गरिएको बस्नेतले बताए । परीक्षणकालमा मनाङ एयरलाई दानमा दिइएको एउटा आइसोलेसन च्याम्बर प्रोटोटाइपमाथि थप परामर्श लिएर सुधार गरिएको छ ।

    हालको नयाँ मोडेलले स्वास्थ्य मन्त्रालयबाट समेत प्रमाणीत भइसकेको बस्नेतले बताए । हाल केन्द्रमा आइसोलेसन च्याम्बरका लागि धेरै ठाउँबाट सोधपुछ तथा सम्पर्क हुने गरेको छ ।

    कोरोना संक्रमितबाट उत्पन्न हुने नकरात्मक दबावका कारण बिरामीलाई बाहिरी वातावरणबाट यस किसिमको च्याम्बरले अलग्याउने गर्दछ । साथै यसले बाहिरबाट फिल्टर हावा पठाएर विरामीको श्वास प्रश्वासमा समेत सहयोग पुर्‍याइरहेको हुन्छ ।

    अस्पताल, एम्बुलेन्स तथा उद्धारक विमानहरुमा यसको प्रयोग हुने गर्दछ । हाल यो च्याम्बर केन्द्रबाट ८० हजार रुपैयाँमा उपलब्ध भइरहेको केन्द्रका संस्थापक महाबीर पुनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑