वीरगंज। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतबाट सफाई पाएका छन् । गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको हो । गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।
सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिइएको हो ।
गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।