• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिडले फोक्सोमा क्षति पुर्‍याउने नयाँ तथ्य पत्ता लाग्यो

  • वीरगंज संजाल
  • २१ मंसिर २०७७, आईतवार ०९:०४
  • ५३८९

    बीबीसी । कोरोना भाइरसबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर बिरामी भएको तीन महिनासम्म पनि देखा पर्ने गरेको नयाँ रिसर्चमा पत्ता लागेको छ । अक्सफोर्ड युनिभर्सिटीका बिरामीमा गरिएको यस अध्ययनमा भिन्दै किसिमको ‘स्क्यानिङ प्रक्रिया’ मार्फत कोभिडका कारण फोक्सोमा भएको क्षति पहिचान गरिएको हो ।

    यसमा फोक्सोमा पुगेको असरका तस्बिरहरु निकाल्न ‘एमआरआई स्क्यान’का बेलामा ‘जेनन ग्यास’को प्रयोग गरिएको थियो । फोक्सोका विशेषज्ञहरुले बताए अनुसार यो टेस्टले कोभिडका कारण हुने दीर्गकालीन क्षति पत्ता लगाउन सक्ने हुँदा यसले बिरामीमा धेरै ठूलो फरक पार्न सक्छ ।

    अनुसन्धानका नेतृत्वकर्ता प्रोफेसर फर्गस ग्लीसनले १९ देखि ६९ वर्षका दश बिरामीहरुमा यो ‘स्क्यानिङ टेकनिक’ प्रयोग गरेका हुन् । जसमध्ये आठ जनामा सास फेर्न गाह्रो हुने, कोरोनाबाट संक्रमित भएको तीन महिनापछि पनि अधिक थकान महसुस हुने गर्दथ्यो जबकी उनीहरु मध्ये कसैलाई पनि अस्पताल भर्ना गर्नु र इन्टेसिभ केयर या भेन्टिलेसनको आवश्यकता परेको थिएन । सामान्य स्क्यानमा तिनको फोक्सोमा कुनै समस्या देखा परेको थिएन ।

    तर, यो नयाँ स्क्यानिङ टेकनिकले भने फोक्सोमा पुगेको क्षतिको संकेत स्पष्ट देखाएको छ । यसमा बिरामीको रगतमा हावा सजिलै प्रवाह हुन नसकेको देख्न सकिन्छ । त्यसैले यही नतिजाका आधारमा प्रोफेसर ग्लीसनले अस्पताल भर्ना नभएका या गम्भीर लक्षण देखा नपरेका कोभिडका १०० बिरामीमा यसको ट्रायल सुरु गर्ने योजना बनाइरहेका छन् ।

    यसको उद्देश्य भनेको कोरोनाबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर स्थायी हुन्छ या समयसँगै ठीक हुँदै जान्छ भन्ने पत्ता लगाउनु हुनेछ । उनले भनेका छन्, “हामीले फोक्सोमा असर पर्ने कुरा अपेक्षा गरेका थियौँ तर अहिले देखिए जत्तिको खराब स्थितिमा चाहिँ होइन ।”

    कोभिड–१९ हुँदा विशेषगरी ६० वर्षभन्दा माथिको उमेरकाहरुमा गम्भीर बिरामी पर्ने र मृत्यु हुने हुन्छ तर यो ट्रायलमा पत्ता लागे अनुसार यसरी वास्तवमै ठूलो दायराको उमेर समूहमा फोक्सो क्षति हुने र अस्पताल भर्ना हुनु नपरेकाहरुमा पनि लामो समय असर पर्छ भने कोभिड सम्बन्धी हाम्रो बुझाइमा यसले ठूलो परिवर्तन ल्याउने प्रोफेसर ग्लीसनले बताए । उनका अनुसार यो नयाँ स्क्यानले फोक्सोमा जुन किसिमको असर देखाएको छ, लङ कोभिड त्यही कारणले भएको हुन सक्छ जसमा बिरामी संक्रमित भएको लामो समयसम्म पनि पूर्ण रुपमा ठीक हुन सक्दैनन् ।

    यसकारण पनि यो नयाँ स्क्यान प्रविधिले कोभिड–१९ बाट फोक्सोमा पर्ने प्रभावलाई अझ राम्ररी बुझ्न मद्दत गर्ने अपेक्षा रहेको बताइएको छ । अक्सफोर्डमा आधारित डाक्टर शेली हेल्सले पनि कोभिड–१९ बाट संक्रमित हुने १० प्रतिशत बिरामीको फोक्सोमा केही न केही असर परेको हुने र यसकै कारण लामो समयसम्म लक्षण देखा पर्ने गरेको बताएकी हुन् । उनले भनेकी छन्, “यसमा समस्या के छ भने अहिले विश्वमा कोभिडबाट संक्रमित हुनेको सङ्ख्या ६ करोड पार गरिसकेको छ त्यसैले यसको १० प्रतिशत भनेको एकदम धेरै हुन्छ । ”

    उनका अनुसार लङ कोभिडका बिरामी अस्पताल पुग्दा स्वास्थ्यविद्हरुले पनि तिनमा के समस्या छ भनेर बताउन नसक्दा अनि उनीहरुमा देखा परिरहेको लक्षणबाट मुक्त हुन के गर्ने भनेर थाहा नहुँदा बिरामी र चिकित्सक दुवैमा ‘स्ट्रेस’ पर्ने गर्दछ ।

    जस्तै अक्सफोर्डको जोन रेडक्लिफ अस्पतालमा कोभिडबाट संक्रमणपछि गम्भीर बिरामी परेका ६० वर्षीय टिम क्लेडनले आफू बाँच्दिन भन्ने सोचेका थिए तर भाग्यवश् उनी यसबाट मुक्त भए । तर अझैपनि उनमा विभिन्न लक्षणहरु पूर्ण रुपमा हराइसकेका छैनन् जसले आफूलाई अत्यन्तै निराश र दिक्क बनाउने गरेको उनी बताउँछन् । त्यसैले उनले प्रोफेसर ग्लीसनको ट्रायलमा यो नयाँ स्क्यान गर्न पाउँदा अधिक राहत महसुस गरेको बताए जसले उनको फोक्सोमा कसरी क्षति पुगेको रहेछ भन्ने स्पष्ट देखियो ।

    उनले भनेका छन्, “यो राम्रो खबर होइन तरपनि यसबारे थाहा पाउनुले धेरै मद्दत गर्छ । अहिले मलाई यसको उत्पति कसरी भयो भन्ने थाहा छ तर यो स्थायी हो या बिस्तारै ठीक हुँदै जान्छ भन्ने चाहिँ थाहा छैन ।”

    ब्रिटिश लङ्स फाउन्डेसनकी रिसर्च प्रमुख डाक्टर समान्था वाकर भन्छिन्, “यो अत्यन्तै रोचक खोज हो र कोभिड पश्चात् फोक्सोमा पर्ने असर सम्बन्धी अझ ठूलो स्तरमा अध्ययन गर्न अहिले धेरै महत्वपूर्ण छ । अनि मात्र हामीले कोभिडले लामो समयसम्म शरीरमा पुर्याउने असरबारे राम्ररी बुझ्न सक्नेछौँ ।” यसरी थप अनुसन्धानबाट कोभिडले फोक्सोमा दीर्गकालीन क्षति पुर्याउन सक्छ भन्ने पक्का भयो भने यसका लागि नयाँ परीक्षणको विकास गर्नुपर्ने हुन्छ र लङ कोभिडबाट गुज्रिरहेका धेरै मानिसहरुमा यसले सकारात्मक प्रभाव पार्नेछ । बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑