• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कृत किशोरी गर्भसहित भौतारिँदै

  • वीरगंज संजाल
  • १९ मंसिर २०७७, शुक्रबार ०९:११
  • ३०९७

    गोरखा | १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू।

    सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु हुर्किरहेको छ। वैशाख ११ गते निउरो टिप्न जंगल गएकी उनलाई गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीका आमा बताउँछिन्। ‘चैतमा पहिलो पल्ट महिनावारी भएकी थिई। वैशाखमा पालो हो तर भइन’, उनले भनिन्, ‘महिनावारी भएको सुरुसुरुमा एक÷दुई महिना पालो छल्न सक्छ भन्ने सुनेका थियौँ। त्यस्तै भएको होला भन्ने सोचेर खोजतलास गरिएन। लकडाउनले गर्दा पढाइ थिएन त्यसैले असारको अन्तिम हप्तातिर ऊ र उसका दिदी, बहिनी, भाइ सबैलाई गाउँ (मोतीहारी) पठाइदियौँ। भदौ अन्तिम सातातिर फर्किएर आए। त्यतिबेलासम्म पनि महिनावारी भएकी रहिनछ। पेट पनि ठुल्ठूलो भएको रहेछ।’ मेरीस्टोप्स लगेपछि गर्भमा बच्चा रहेको खुलेको उनले बताइन्।

    ‘पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेकजाँच गर्न मेरीस्टोप्स लग्यौँ। मेरीस्टोप्सले भिडियो एक्सरे गर्न आमाबा अस्पताल पठायो। बल्ल पो थाहा भयो, पेटमा बच्चा रहेछ भनेर’, किशोरीका बुबाले भने, ‘हप्कीदप्की गरेर सोधेपछि बल्ल छोरीले माइला थापा (तुलबहादुर) ले वैशाखमा निउरो टिप्न जाँदा बलात्कार गरेको भनी। घटनाबारे कसैलाई भनेमा स्कुल जाँदा बाटोमा काटेर फालिदने धम्की दिएको रहेछ।’ त्यस दिनदेखि उनले राम्रोसित नखाने, ननिदाउने मुच्र्छा पर्ने, टोलाउने गरेको उनले बताए।

    त्यसबेलादेखि माहिला फरार रहेको पनि उनले सुनाए। माहिला थापाका छोराले गर्भपतन गराउन चितवनसम्म लगेको तर आफूहरू नमानेर फर्किएको उनले बताए। ‘प्रहरी कार्यालयमा उजुरी नगर, बरु हामी क्षतिपूर्ति तिरौँला, गर्भपतन गरौँ भनेर हामीलाई चितवन लगेका थिए। तर, त्यहाँ कागजमा कसले सही गर्ने भन्नेमा विवाद भएपछि हामी नमिलेर फर्कियौँ’, किशोरीका बुबाले भने, ‘त्यसपछि कात्तिक २२ गते हामी प्रहरी कार्यालयमा गयौँ। २५ गते मुद्दा दर्ता गर्‍यौँ।’ मुद्दा दर्ता भएको एक महिना पुग्न लाग्दा अहिलेसम्म बलात्कारी पक्राउ नपरेको उनले गुनासो गरे।

    घटना भएको दिन निउरो नपाएको भन्दै रुन्चे मुख लगाएर फर्केको आमा सम्झन्छिन्। ‘बिहानको खाना खाएर ११ बजेतिर जंगल गएकी मान्छे, तीन बजेतिर एक मुठी निउरो लिएर आई। अनि किन यतिबेला आएकी भनेर सोधेको त निउरै पाइएन भनेर ढाँटी। पछि पो थाहा भयो, बलात्कार गरेपछि उसले दिनभरि गोठमा थुनेर राखेको रहेछ’, उनले रुँदै भनिन्, ‘मेरो १४ वर्षकी छोरीको पेटमा त्यो अपराधीको बच्चा छ। प्रहरीले अपराधीलाई पक्राउ पनि गर्दैन। बेलैमा प्रहरीले अपराधीलाई पक्राउ गरेको भए बच्चा फाल्न पनि मिल्ने रहेछ। तर, निवेदन दिएको एक महिना भइसक्दा पनि मेरो छोरीले न्याय पाइन।’ पढाइमा राम्रो आफ्नो छोरीको स्वास्थ्य पनि बिग्रिँदै गएको, भविष्य बिग्रिएको उनको पिरलो छ।

    १७ वर्षअघि उनको परिवार भारतको मोतीहारीबाट गोरखामा ज्याला मजदुरी गर्न आएका थिए। नेपालको नागरिक नभएको हुनाले आफूहरूलाई न्याय नदिएको उनीहरूको गुनासो छ। ‘हामी भारतबाट आएको हुनाले प्रहरीले हाम्रो दुःखलाई राम्ररी नहेरेको होला’, पीडित किशोरीका बुबाले भने, ‘अझै पनि प्रहरीले वास्ता गरेन भने हामी मजदुर प्रहरी कार्यालयमा नारा, जुलुस, घेराउ गर्न जान्छौं।’

    तर, प्रहरी भने तीव्रतासाथ खोजी भइरहेको बताउँछ। ‘सबैलाई आफ्नो मुद्दा ठूलो लाग्छ। तर, हामीले त धेरैको मुद्दा समान रूपमा हेर्नुपर्छ’, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडा भन्छन्, ‘मुद्दा दर्ता भइसकेपछि त पीडित र प्रहरी एउटै पक्ष हो। त्यसैले हामीले गम्भीर रूपमा लिएका छैनौँ भन्ने कुरामा सत्यता छैन।’ थ्री एन्जल्स भन्ने संस्थासँग समन्वय पनि प्रहरीले गराएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑