बिरगंज । प्रसिद्ध गायक उदित नारायणका छोरा आदित्य नारायण मंगलबार विवाह बन्धनमा बाधिँदै छन्। आदित्य आफ्नी प्रेमिका स्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन्।
विवाहका लागि सजिएका आदित्यका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जहाँ उनी बुवाआमासँग डान्स गरिरहेका देखिन्छन्।
आदित्य र स्वेताबीच आज मुम्बईको जुहूस्थित इस्कान मन्दिरमा बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आदित्यले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा कोरोना भाइरसको महामारीका कारण परिवारका सदस्य र नजिकका साथीहरुलाई मात्रै विवाहमा बोलाउन सक्ने बताएका थिए।
महाराष्ट्र सरकारले विवाहमा ५० जनाभन्दा बढी मानिसहरु सहभागी हुन नपाउने निर्णय गरेको छ। जसका कारण मन्दिरमा सामान्य तरिकाले विवाह गर्न लागेको आदित्यको भनाइ छ।
विवाहपछि भोलि मुम्बईको एक पाँचतारे होटलमा रिसेप्सन पार्टी हुने बताइएको छ।