वीरगंज | बिल तथा श्रोत नखुलेको ८५ थान मोबाइल सहित काठमाडौं महानगरपालिका २२ पाकोस्थित आई क्यान्डी मोबाइल पसलका साहु समिर प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अवैध तथा चोरी गरी ल्याइएका मोबाइल बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा ती मोबाइल फेला पारी प्रधानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।