वीरगंज। मन्त्रिपरिषद्का आजको बैठकेल भारत र बंगलादेशमा नियमित व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताएका छन्।
यसअघि यी देशमा उडान हुने भएपनि नेपालीहरू मात्र ती देशबाट नेपाल आउन पाउने व्यवस्था थियो।
अब यी देशबाट प्रक्रिया पुर्याएका विदेशी व्यक्ति पनि नेपाल आउन पाउने भएका छन्।
यस्तै बुधबारकै बैठकले भिजिट भिसा र अनअराइभल भिसामा पर्यटकहरूलाई नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णयसमेत गरेको छ।
पर्यटन क्षेत्रलाई खुकुलो बनाउने निर्णय लिँदै सरकारले भिजिट भिसा र अनअराइभल पनि दिने निर्णय गरेको हो।
यी दुवै भिसा दिने प्रक्रिया नेपालमा २०७६ चैत ११ गते लकडाउन गरेसँगै बन्द भएका थिए। सरकारको यो निर्णयसँगै अब देशमा विदेशी पर्यटकको आगमन पनि सहज हुने भएको छ।