• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओबामाको पुस्तकले भारतमा हलचल ! मनमोहन सिंह र सोनिया गान्धीका बारेमा के लेखेका छन् ?

  • वीरगंज संजाल
  • ३ मंसिर २०७७, बुधबार ०७:०६
  • ३१६९

    अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको संस्मरणमा आधारित पुस्तकले भारतमा हलचल मच्चाइसकेको छ । भारतको मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीका बारेमा ओबामाको टिप्पणीले कांग्रेस समर्थक चिढिएका छन् भने राहुलका विरोधी खुसी देखिएका छन् । ‘अ प्रोमिस्ड ल्यान्ड’ नामक पुस्तक ओबामाको राजनीतिक जीवनमा आधारित संस्मरणको पहिलो अंक हो । यो पुस्तक मंगलवार विमोचन भएको छ । ओबामाले पुस्तकमा झण्डै १४ सय शब्द नोभेम्बर २०१० को आफ्नो पहिलो भारत यात्रामा खर्च गरेका छन् । अहिलेको विपक्षी पार्टी कांग्रेस तत्कालीन समयमा सत्तामा थियो । ओबामाले तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीका बारेमा आफ्नो धारणा उल्लेख गरेका छन् ।

    मनमोहन सिंहका बारेमा के लेखेका छन् ?

    ओबामाले आफ्नो संस्मरणमा मनमोहन सिंहसँगको भेटमा आफूसँग सिंहले ‘मुस्लिम विरोधी भावनाहरु बढ्दा हिन्दू राष्ट्रवादी पार्टी बीजेपीको प्रभाव बढिरहेको छ’ भनेको लेखेका छन् । तत्कालीन समयमा बीजेपी अर्थात भारतीय जनता पार्टी मुख्य विपक्षी पार्टी थियो । मनमोहन सिंहले आर्थिक राजधानी मुम्बईमा भएको आक्रमणपछि पाकिस्तानविरुद्ध कारबाहीको मागमा संयमता देखाएका थिए । मुम्बई आक्रमणमा एक सय ६६ जनाको मृत्यु भएको थियो । ओबामाले लेखेका छन्, “त्यो संयमता भरिएको व्यवहारको उनले राजनीतिक मूल्य चुकाउनु पर्‍यो ।”

    मनमोहन सिंहले उनीसँग भनेका थिए, “मिस्टर प्रेसिडेन्ट, अनिश्चिताले भरिएको समयमा धार्मिक र जातीय एकताको आह्वानले नागरिकलाई भड्काउन सक्छ । र, यस्तो अवस्थामा राजनेताहरुका यसको दोहन बढी मुश्किल हुँदैन, चाहे त्यो भारतमा होस् अथवा अन्य कतै होस् ।” ओबामाले यसमा सहमति जनाए । उनले प्रागको यात्राका दौरान भेलभेट रेभोल्युनपछि चेक गणराज्यका पहिलो राष्ट्रपति बनेका वात्स्लाफ हावेलसँग भएको कुराकानी र ‘युरोपमा उदारवादको लहर आउनुसँगको सम्बन्धित उनको चेतावनी’ याद गरे ।
    ओबामाले लेखेका छन्, “यदि वैश्विकरण र ऐतिहासिक आर्थिक संकट अपेक्षाकृत धनी मुलुकहरुमा यि ट्रेन्डहरुलाई तीव्रता दिइरहेका छन्– र म यो अमेरिकासम्ममा देखिरहेको छु भने भारत यसबाट कसरी चोखो रहन सक्छ ।” ओबामाको दिल्ली यात्राको पहिलो दिन मनमोहन सिंहले सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । मनमोहन सिंहले ‘क्षितिजमा देखिन लागेका बादलहरुका बारेमा खुलेर कुराकानी गरे ।’

    मनमोहन सिंहले आर्थिक मन्दीको जिकिर गरे । सन् २००७ मा अमेरिकाबाट सुरु भएको आर्थिक संकटले त्यो बेलासम्म पूरै विश्व प्रभावित हुन लागेको थियो । ओबामाले भारतीय प्रधानमन्त्री परमाणु हतियारले सुसज्जित छिमेकी देश पाकिस्तानसँगको लगातारको तनावलाई लिएर चिन्तित देखिएका पनि पुस्तकमा उल्लेख गरेका छन् ।

    “त्यो समयमा पाकिस्तान पनि समस्या थियो । सन् २००८ मा मुम्बईका होटलहरु र अन्य स्थलमा भएको आतंकवादी आक्रमणको भारतका साथ जाँच गर्ने काममा उ लगातार असफल भइरहेको थियो । जसले दुई देशबीचको तनाव उल्लेखनीय तरिकाले बढिरहेको थियो । किनकि आक्रमणका लागि जिम्मेवार आतंकवादी संगठन लश्कर–ए–तैय्यबाको पाकिस्तानको इन्टेलिजेन्ट सर्विस (गुप्तचर) सँग सम्बध रहेको ठानिँदै थियो ।”

    ओबामाले मनमोहन सिंहलाई ‘भारतको आर्थिक परिवर्तनका मुख्य आर्किटेक्ट, बुद्धिमान, विचारवान र निष्ठापूर्वक इमान्दार’ भनेका छन् ।

    ओबामाले लेखेका छन् कि मिस्टर सिंह एक ‘विनम्र टेक्नोक्रेट हुन् । जसले केवल भारतका जनताको भावनाहरुलाई मूर्त रूप दिएर उनीहरुको विश्वास मात्रै जितेका छैनन्, उनीहरुको जीवन स्तर माथि उठाएका छन् । र यस क्रममा बेइमान न भएको आफूले कमाएको छवि पनि यथावत राखेका छन् ।’

    ओबामाले लेखेका छन्, “विदेश नीतिका बारेमा उनी सतर्क थिए, ऐतिहासिक रुपमा अमेरिकाको लक्ष्यलाई सन्देहका नजरले हेर्ने भारतीय नौकरशाहीको सोचबाट धेरै अगाडि जान चाहन्थे । हामीले जुन समय एक साथ बितायौं त्यसले उनका बारेमा मेरो सुरुवाती धारणा पुष्टि गर्यो कि मनमोहन सिंह असाधारण बुद्धिमान र शालीन व्यक्ति हुन् ।”

    सोनिया गान्धीका बारेमा के लेखेका छन् ?

    तत्कालीन सत्ताधारी पार्टी कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई ओबामाले ‘६० वर्षभन्दा बढी उमेरकी आकर्षक महिला’ का रुपमा सम्झिएका छन् । ‘जो पारम्परिक साडी पहिरिएकी थिइन् । उनको मर्मभेदी काला आँखा र उपस्थिति शाही अन्दाजवाला थियो’ उनले सोनियालाई स्मरण गर्दै भनेका छन् ।

    “युरोपेली मूलकी यी महिला पहिले आमाको जिम्मेवारी निभाउँदै घरसम्म मात्रै सीमित थिइन् । १९९१ मा श्रीलंकाको अलगाववादी आत्मघाती आक्रमणकारीबाट पतिको मृत्यु भएपछि उनको परिवारको राजनीतिक विरासत सम्हाल्दै अहम् राष्ट्रिय नेताका रुपमा उदय भयो,” ओबामाले पुस्तकमा लेखेका छन् ।

    इटालीमा जन्मिएकी सोनिया गान्धीका पति राजीव गान्धी भारतका प्रधानमन्त्री थिए । १९९१ मा तमिलनाडु राज्यमा आयोजित र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले उनको हत्या गरेको थियो ।

    ओबामाले ‘डिनर’ का बेला सोनिया गान्धी कम बोलेर धेरै सुनिरहेकी थिइन् । “नीतिगत मुद्दाहरुमा उनी सावधानीपूर्वक मनमोहन सिंहतर्फ कुरा मोडिरहेकी थिइन् । कयौं पटक चर्चालाई आप्mना छोरातर्फ मोड्ने प्रयास गरिरहेकी थिइन्,” उनले भनेका छन्, “यद्यपि, मलाई उनको सत्ताको आधार चतुर्‍याईँ र शक्ति सम्पन्न बुद्धिमता नै हो भन्ने स्पष्ट भइसकेको थियो ।” बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑