रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरिएको प्रति नुवाकोट कांग्रेसको आपत्ति
वीरगंज संजाल
Aug 18, 2019, 11:49 am
३४८५
नुवाकोट: नेपाली काँग्रेस नुवाकोटले पत्रकार सालिकराम पुडासैनीको मृत्यु असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरूप भएको जनाइएको छ । पुडासैनीको मृत्युले अनेक आशंका र भ्रम उत्पन्न गरेको विज्ञप्ति मार्फत जनाएइको छ ।
जिल्ला सभापति जगदीश्वरनरसिंह के।सिले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेलाई पक्राउ गरिएको प्रति पनि आपत्ति जनाइएको छ । निधन भएका पत्रकार सालिकराममाथि अनेकौँ असाधारण दबाबपछि उनी बाध्यतापूर्वक सो वक्तव्य दिन विवश भएर षड्यन्त्रको सिद्धान्त अनुरूप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो रु भन्ने आमचासोलाई स्पष्ट गर्नु जरुरी रहेकाले निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
कसैलाई पीडित बनाउँदै निहित स्वार्थ पूरा गर्न खोज्ने आपराधिक तत्वले यसबाट कुनै पनि रूपबाट नाजायज लाभ लिने अवसर सिर्जना हुन नदिन उच्चस्तरीय छानबिन आयोग नै गठन गरी पीडितलाई न्याय तथा परिपूरण र पीडकलाई हदैसम्मको सजाय दिन माग गरेको छ ।नुवाकोट बेलकोटगढी–३ का पुडासैनीको मृत शरीर नारायणगढस्थित एक होटेलमा साउन २० मा भेटिएको थियो।