• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिडविरुद्धको पहिलो खोप ९० प्रतिशत सुरक्षित पुष्टि, मानवताकै ऐतिहासिक दिन भएको घोषणा

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७७, मंगलवार ०६:३०
  • ३८२१

    लन्डन । कोरोना भाइरस विरुद्धको यो पहिलो खोपले ९० प्रतिशत सुरक्षा दिलाउन सक्ने हालैको नयाँ अध्ययनले देखाएको छ । खोप निर्माणकर्ता ‘फाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन् । उनीहरुले निर्माण गरेको खोप छ वटा देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिएको थियो र सुरक्षा सम्बन्धी कतै केही समस्या देखिएको छैन ।

    यस्तोमा कम्पनीले यही महिनाको अन्त्यमै आपत्कालीन प्रयोगका लागि स्वीकृति माग्‍न निवेदन दिने बताएको छ । खोपसहित उचित उपचार विधि नै विश्वभरका सबै मानिसहरुलाई हालका बन्देजबाट बाहिर निकाली सामान्य जीवनमा फर्काउने सबै भन्दा उत्तम तरिका भएको स्वास्थयविद्हरुले बताउँदै आएका छन् । र यसैका लागि अहिले विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरु परीक्षणको अन्तिम चरणमा छन् । तर ती मध्येमा पनि फाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ ।

    यसले अन्य खोप भन्दा भिन्दै किसिमको अनुसन्धानात्मक विधि अपनाएको छ जसमा भाइरसको ‘जेनेटिक कोड’ को केही हिस्सा व्यक्तिलाई सुइ लगाएपछि त्यसै मार्फत शरीरको प्रतिरोधात्मक प्रणालीले यससँग लड्ने अभ्यास गरिरहनेछ । तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको देखिएको हो ।

    फाइजरका अनुसार यसले यो वर्षको अन्त्य सम्ममै ५ करोड डोज आपूर्ति गर्न सक्छ भने २०२१ को अन्त्यतिर १.३ अर्ब भन्दा बढी उपलब्ध गराउन सक्ने बताएको छ । तर यसमा एक मात्र ठूलो चुनौति के छ भने सो खोपलाई ‘माइनस ८० डिग्री’ भन्दा कम तापमानको अधिक चिसोमा स्टोर गरि राख्नुपर्ने हुन्छ । त्यसैगरी यसबाट प्राप्त इम्युनिटी कतिन्जेलसम्म रहन सक्छ भन्ने प्रश्न पनि रहेको छ ।

    फाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, “हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।” बायोएनटेक कम्पनीका संस्थापकले पनि यो उपलब्धीलाई मानव इतिहासकै कोसेढुङ्गा बताएका छन् । बेलायतले यो खोपको ३ करोड डोज पहिले नै अर्डर गरिसकेको छ । – बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑