वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा १२ वर्षका बालकको घटनास्थलमै मृत्यु भएको छ।
वीरगञ्ज २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको मृत्यु भएको हो।
लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गरेको बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको थियो।
दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए ।चालक भने दुर्घटना पछि फरार भएका छन्।फोटो राम मन्डल।