• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

  • वीरगंज संजाल
  • Aug 18, 2019, 11:37 am
  • ४२८५

    चितवन : चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्धार गर्छन्। उनीहरू सर्प संरक्षणमा क्रियाशील छन्। भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन्। सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन्।

    सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन्।गाउँघरमा सर्प देखिँदा उनीहरूलाई बोलाइन्छ। उनीहरू तुरुन्तै पुगेर उद्धारमा जुट्छन्। स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गर्छन्। एक महीनामै आठ सर्पको उद्वार भएको छ। उनी सर्पलाई बचाउनुपर्ने तर्क राख्छन्।

    ‘सर्पलाई उद्वार गर्र्दा सन्तुष्टि मिलेको छ’, सापकोटाले भने, ‘सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ।’ सर्प लोप भएमा भावी सन्ततिले कथाका रुपमा कल्पना गर्नुपर्ने दिन आउने बताउँछन्। सर्प उद्वार गरेवापत कुनै रकम लिदैन्न्।

    चितवनमा मात्रै होइन, उनले छिमेकी जिल्ला नवलपुरसम्म पनि पुगेर उद्धार गरेका छन्। बाउन्न वर्षीय अनिरुद्र नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएका थियो। नेपाली सेनामा हुँदा उनले सर्पको कहिल्यै उद्धार नगरेको भएपनि सर्प संरक्षणमा जुटेका छोरा सुनिल सापकोटाबाट प्रभावित भएर उनी पनि सर्प संरक्षणमा लागे।

    छोराले सर्प बचाउनुपर्छ भन्यो, ‘जियोग्राफी, एनिमल प्लानेट जस्त विदेशी टेलिभिजन च्यानलहरु हेर्दा विदेशीले संरक्षण गरेको देखेँ।’ उनले विगत सम्झदै भने, ‘विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ । वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ।’

    उनी सर्प मार्न नहुनेमा अडिग छन्। ‘मार्दा एकछिन सुरक्षित भएको अनुभव होला तर यसले वातावरणलार्ई धेरै घाटा हुन्छ र मानव अस्तित्वलाई नै सङ्कट पु¥याउँछ’, उनले भने। उनी सर्पलाई सम्पत्तिका रुपमा चित्रण गर्छन्। उनले पछिल्लो समय घरभित्र प्रवेश गरेका करेत, अजिङ्गर, धामिनको उद्धार गरेर ल्याएको जानकारी दिए। अहिलेसम्म ४०० भन्दा बढी सर्पलाई उद्वार गरी जङ्गलमा छाडेको उनको भनाइ छ।

    अहिले उनले सर्प राख्नकै लागि काठको कोठा भएको दराज बनाएका छन्। कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लाष्टिकको भाँडामा जम्मा गर्दै आएका छन्। उद्धार गरेर जम्मा भएका सर्पलाई नजिकैको देवनगरको जङ्गलमा लगेर छाड्ने गर्छन्। ‘जङ्गलमा राम्रो वातावरण मिल्छ, हुर्किन पाउँछन्, स्वतन्त्र भएर डुल्न पाउँछन्,’ उनले भने।

    बस्तीमा आउँदै सबैले खेद्ने भएकाले पनि सर्प जोगाउन जङ्गल नै उपयुक्त हुने उनी बताउँछन्। सर्पको महत्व बुझाउने अभियान पनि सञ्चालन गर्छन् उनी। उनी भन्छन्,‘घातक रोगहरुको औषधि बन्छ। करेतमा धेरै विष हुन्छ, जसलाई प्रशोधन गरेर धेरै मात्रामा औषधि बनाउन सकिन्छ, धामिनले धानका मुसा खान्छ, फाइदा किसानलाई नै पुग्छ।’

    खानाको खोजीमा सर्प घर पस्ने गरेको उनको भनाइ छ। घरमा पस्यो भन्दैमा मारिहाल्न नहुने उनको तर्क छ। सापकोटाले अहिलेसम्म सर्प उद्वारसम्बन्धी कुनै औपचारिक तालीम भने लिएक छैनन्। टिभीबाटै सिकेका हुन्। हेरेर सिकेको ज्ञानका आधारमा सर्पलाई समात्ने गर्छन् उनी।

    पछिल्लो समय उनलाई केही मानिसले सर्प संरक्षण गरेका कारण यसको सङ्ख्यामा वृद्धि भएको आरोप लगाउने गरेका छन्। सापकोटाले उद्वार गरेका सर्पबारे तथ्याङ्क राख्न थालेका छन्। विषालु मानिएको राज गोभन ९किङ कोब्रा० र करेत समातेपछि आफूलाई थप हौसला मिलेको उनी बताउँछन्।

    तीन वर्षअगाडि गैँडाकोटको प्रहरी चौकीको भ्यानको इञ्जिनबाट नौ फिट छ इन्चको राज गोभन (किङ कोब्रा) उद्वार गरेको स्मरण गरे। सर्पसँग जति नजिक भइन्छ, डर भाग्दै जाने उनको भनाइ छ । ‘सर्पलाई जिस्क्याएमा मात्रै प्रतिकारमा उत्रन्छ’, उनले भने ।

    सापकोटाले सर्प संरक्षणका लागि सरकारले छुट्टै बजेट छुट्याउन माग गरका छन्। अनिरुद्र आजभोलि गोही संरक्षणमा पनि जुट्न थालेका छन्। उनी मात्र होइन, घरका सबै सदस्य अहिले सर्पको संरक्षण लागेका छन्। घरपरिवार सबै सर्प संरक्षणमा सकारात्मक देखिएपछि उनलाई यो काम गर्न निकै सजिलो भएको छ।

    सर्पले वातावरणमा रहेका हानिकारक विषादी खाने भएकाले यसको संरक्षण नगरे मानवजातिलाई नै प्रत्यक्ष असर पुग्ने उनको बुझाइ छ। सुत्ने पलङभित्र परेका कयौँ सर्पलाई उद्वार गरेको उनको स्मरण छ।

    उनीहरूका छोरा सुनिल अहिले सर्पको विषबारेको अध्ययन अनुसन्धान गर्न भूटानमै छन्। सुनिलले भूटानमा अध्ययनसँगै त्यहाँका सर्पको प्रकार र सङ्ख्या गणना गर्ने काम गरिरहेको आमा जानकी बताइन्।

    अहिले सापकोटा परिवारले सर्पबारे जनचेतना फैलाउन श्रव्यदृश्य ९भिडियो० निर्माण गरी सामाजिक सञ्जालमा समेत हालेर सर्पको बहुउपयोग गुणबारे सबैलाई बुझाउने प्रयासमा छन्। सर्पबारे भिडियो निर्माण गर्न उनका तीन वर्षका नातिदेखि छोरी, बुहारी र श्रीमतीले सहयोग गर्दै आइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्
  • नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य
  • घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी
  • वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

    गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

    गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    News

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    News

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    News

    वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

    News

    गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑