वीरगन्ज । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ८ सय १७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ५, उदयपुरमा ९, ओखलढुंगामा ३, खोटाङमा ५, झापामा ५६, तेह्रथुममा ८, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १ सय ५५, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा ७३ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा २७, पर्सामा ६, बारामा ७, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा १६, सर्लाहीमा ५ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा १ सय ५२, दोलखामा १४, धादिङमा १५, नुवाकोटमा ५, भक्तपुरमा ७७, मकवानपुरमा १७, रामेछापमा ५, ललितपुरमा १ सय ६२, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा २१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८४, गोरखामा ८, तनहुँमा २२, नवलपरासी पूर्वमा ८४, पर्वतमा ८, म्याग्दीमा ५, लमजुङमा १८, बाग्लुङमा ३ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ५, दाङमा ९८, नलवपरासीमा ९, पाल्पामा १३, प्यूठानमा २, बर्दियामा १३, बाँकेमा ६८, रुकुम पूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा ६९ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा २, रुकुम पश्चिममा ४, सल्यानमा ६ र सुर्खेतमा ७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा १२, कैलालीमा २९, डडेल्धुरामा ३, बझाङामा ९ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।