• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल भारतको खुल्ला सिमानामा कडाइ गर्नका लागि पर्सामा आज तीन ठाउँमा बि ओ पि स्थापना

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार १६:५९
  • ३४८१

    पर्सा । पर्साको ठोरी गाउँपालिका ३ ब्रम्हानगरमा आज सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरिएको छ। यस अघि पर्सामा १० ओटा बिओपी रहेकोमा ब्रम्हानगरमा सशस्त्र प्रहरीको ११ औं बिओपी स्थापना भएको हो।

    बिओपी उद्घाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार , चेलीबेटी बेचबिखन , अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए।उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसंग अनुरोध गरे।

    कार्यक्रमका प्रमुख अतिथि डिआईजी ब्रम्हाचार्यले स्थानीय जनतालाई दुख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए। खुल्ला सीमानाको कारण अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, चेलीबेटी बेचविखन, लागुऔषध ओसारपसार हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवाद जस्ता गहन समस्याहरू देखिएका कारण बिओपी स्थापना गर्नुपरेको उनको भनाई थियो।

    यसैगरी बिओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सुरक्षा राज्यको सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउदै बिओपी स्थापनाले सिमावर्ती ठोरीको सिमा क्षेत्र र शान्ति सुरक्षाको अवस्था मजबुत हुने विश्वास व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका उनले राज्यमा रहेको विकृति र विसंगति हटाउन सक्ने क्षमता नै सुरक्षा अङगको वर्दीमा हुने भएकोले बिओपी स्थापनाले ठोरी क्षेत्रमा हुने सिमा अपराध , तस्करी अवैध धन्दा नियन्त्रण हुने र सभ्य समाज निर्माण हुने विचार व्यक्त गरे।

    त्यस्तै अर्का विशिष्ट अतिथि समेत रहेका ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठले सशस्त्र प्रहरी जनताको हितको लागि भएको उल्लेख गर्दै बिओपी स्थापनाले सिमावर्ती क्षेत्रका स्थानीयलाई सास्ती हुने भ्रम नपाल्न आग्रह गरे। उनले सिमावर्ती क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका महत्त्वपूर्ण हुने बताउदै नागरिकका व्यवहारिक पक्षलाई पनि ध्यान दिन प्रहरीसंग अनुरोध गरे।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति ठाकुर प्रसाद न्यौपाने, पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाली सेनाका गणपति मदनजंग राणा, ठोरीका ५ ओटै वडाका वडाध्यक्षहरु लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

    आइतवार स्थापना भएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको कमाण्डमा २५ जनाको टोलीलाई खटाइएको छ। यो संगै भारतसँगको सीमा जोडिएको ठोरी गापामा मात्र सशस्त्र प्रहरीको बिओपी संख्या ३ पुगेको छ। यस अघि ठोरी २ र ५ मा सशस्त्र बिओपी स्थापना भैसकेका छन्। सरकारले गत वर्ष मङ्सिर ३० मा नै ब्रम्हानगरमा बिओपी स्थापना गर्ने निर्णय गरेको भएपनि जग्गा र भवन लगायतको व्यवस्था नहुदा बिओपी स्थापनामा ढिलाई भैरहेको थियो।

    स्थानीय मान बहादुर श्रेष्ठ र मान कुमारी श्रेष्ठले बिओपी स्थापनाका लागि नेपाल भारत सिमा क्षेत्रबाट करीब ७ सय मिटर उत्तरतर्फ पर्ने ढुङ्गे बजार क्षेत्रमा १/१ कट्ठा जग्गा दान गरेका छन भने अपुग जग्गा स्थानीय जनप्रतिनिधीसंग समन्वय गरेर सार्वजनिक जग्गा उपभोग गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। हाल सशस्त्र प्रहरीलाई प्राप्त जग्गामा भवन नभएकाले वडा ३ मा रहेको सामुदायिक भवनमा नै तत्कालका लागि बिओपी स्थापना गरिएको हो।

    ब्रम्हानगरमा स्थापना भएको बिओपीले ठोरी गापा वडा ३ मा पर्ने करीब ८ किलोमिटर लम्बाईको सिमा क्षेत्रमा रेखदेख गर्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ।यसैबीच आज नै जीराभवानी गापा -१ मा सशस्त्र प्रहरीको १२ औं बिओपी स्थापना गरिएको छ।साथै छिपहरमाई गाउँलिका को वार्ड नम्बर १ को मिर्जापुरमा पनि सस्त्र प्रहरीकै १३ ओ बि ओ पि स्थापना भएको सस्त्र प्रहरीले जनाएको छ।

    जिराभवानी गाउँ पालिका को जिरभवानी मन्दिर को सार्वजनिक भवनमा उदघाटन गरिएको छ उदघाटन कार्यक्रम जिराभवानी गाउँ पालिका अध्यक्ष रामपृत महतो , उपाध्यक्ष उषा देवि थरुनी वार्ड अध्यक्ष सेख नुमान आजम संविधान सभासदस्य जैप्रकाश थारु, पत्रकार महासनघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगाएत स्थानीय भद्रभलादमी विभिन्न राजनीति दलका नेता कार्यकर्ता हरुको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑