पर्सा। रामकिशोर चौधरी।जिराभवानी गाउँपालिका ३ जितपुर वाडा कार्यलयमा आज एक कार्यक्रमका बिच थारु पत्रकार संघ नेपाल पर्सा जिल्लाको आयोजनामा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न भएको छ।
थारु कल्याणकारी पर्सा जिल्ला कार्यबाहक अध्यक्ष ठाकुर प्रसाद महतोको प्रमुख आतिथ्य तथा थारु पत्रकार संघ नेपाल पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर २ का पत्रकार संघका उपाध्यक्ष के सि लामिछाने, आदिवासी जनजाति पत्रकार फोनिज प्रदेश नम्बर २ का सयोजक निरज पिठाकोटे मगर ठोरी गाउँपालीका का अध्यक्ष पदमलाल श्रेष्ठ पटेर्वासुगौली गापाका उपाध्यक्ष ममता महतो जीराभवानी गाउँपालीका का अध्यक्ष
रामप्रीत महतो उपाध्यक्ष उषा देबी थरुनी जिराभवानी वार्ड नम्बर दुई का वार्ड अध्यक्ष महादेव महतो थारु वार्ड नम्बर तीन का वार्ड अध्यक्ष उमेश कुमार सिंह जिराभवानी गाउँ पालिका शिक्षा महासनघ का अध्यक्ष कृपासिन्धु पट्वारी लगायतले शुभकामना व्यक्त गर्दै कोरोनाको महामारीमा चाडपर्व सामाजिक दूरी बनाएर र स्वास्थ्य मापदण्ड पूरा हुने गरी मनाउन सुझाए।
पर्वमा सामाजिक सद्भाव कायम गर्न आग्रह पनि गरे। सो कार्यक्रममा बोल्दै पत्रकार महासघ प्रदेश नम्बर दुईका उपाध्यक्ष केसी लामिछानेले पर्सा जिल्लामा थारु पत्रकारको संगठन बलियो हुँदै गएको मा बधाई दिनु हुँदै पत्रकार महासनघ पर्सा शाखा को नेतृत्व पनि थारु पत्रकार ले नै लिनुपर्ने कुरामा जोड दिनुभयो साथै थारु पत्रकार लागि आफू सक्दो सहयोग गर्ने प्रतिवदता जनाउनुभयो ।
सोही कार्यक्रम लाई सम्बोधन गर्नुहुदै आदिवासी पत्रकार फोनिज प्रदेश नम्बर दुई का संयोजक निरज पिठाकोटे मगरले भने आदिवासी सोझो भएको ले नेतृत्व मा पछाडी परेको बताउनुभयो प्रदेश दुई को छव वटा जिल्ला मा आदिवासी जनजाति पत्रकार को बिस्तार भैसकेको र दुई जिल्ला मा मात्र बाकी रहेको र अब केही दिन मा त्यो बिस्तार गरिने बताउदै थारु पत्रकार को लागि आफू सदैव भर लडने प्रतिबद्धता जनाउनुभयो