वीरगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेजुङमा १, तेह्रथुममा ३, धनकुटामा ४, भोजुपरमा ३, मोरङमा २४५, संखुवासभामा ३, सुनसरीमा १३३, सोलुखुम्बुमा २, धनुषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १०, सिरहामा १४, काठमाडौँमा १ हजार २ सय ९४, काभ्रेमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७ र भक्तपुरमा ७७ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मकवानपुरमा ३३, रसुवामा ४, रामेछापमा ४, ललितपुरमा १४१, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ३, कास्कीमा ८२, गोरखामा १५, तनहुँमा ४, नवलपरासीपूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा ११, स्याङ्जामा ९, अर्घाखाँचीमा २, कपिलवस्तुमा २१, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा २२, रुपन्देहीमा ८५, रोल्पामा १६, कालिकोटमा १, जुम्लामा १२, डोल्पामा २, दैलेखमा ५, मुगुमा ३, सुर्खेतमा १, हुम्लामा १, अछाममा १, कञ्चनपुरमा १९, कैलालीमा ७७, डोटीमा १ र बझाङमा ५ जना कोरोना संक्रमति थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।