पोखरिया। उपभोक्ता हित संरक्षण मञ्च नेपाल पोखरिया नगर कमिटी गठन भएको छ ।भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरिया नगर कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा राजकपुर राउत , सचिवमा गुल्सन त्रिपाठी , कोषाध्यक्षमा धुर्वतारा केवट , सदस्यहरुमा सहजान खातुन , श्याम बहादुर यादव , जितेन्द्र पटेल , अशोक साह , लोकेन्द्र बहादुर साह , सिताराम साह र मैजुन खातुन चयन भएका छन ।
त्यसैगरि आजै पर्सा जिल्लाको पकाहा मैनपुर गाउ कमिटी गठन भएको छ ।ललन कुमार पटेलको अध्यक्षतामा ७ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।
पोखरिया नगर सभाहलमा शनिबार भगवान साह कानुको अध्यक्षतामा र उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्माको प्रमुख आतिथ्य र प्रदेश न.२ का अध्यक्ष केसि लामिछाने , पर्सा जिल्ला सदस्य ललन कुमार पटेल र बिरगंज महानगर कमिटी अध्यक्ष अजित कुमार भुजेलको विशेष उपस्थितिमा सो कमिटी गठन भएको थियो ।
पोखरिया बजारलाई व्यवस्थित गर्न दुई कुरामा विशेष ध्यान दिनु पर्ने प्रमुख अतिथि रहनु भएको केन्द्रिय सदस्य धिरज शर्माले बताउनु भयो। बजारमा अव्यवस्थित रुपमा माछा , मासु र मिठाई पसललाई विशेष ध्यान दिनु पर्ने , उपभोक्ता भनेकै हामी सबै जनता , हामी सबै उपभोक्ता हौ।नेपालको संविधानले नै उपभोक्ताको अधिकारको लागि व्यवस्था गरेको छ ।उपभोक्ता एेन २०७५ ले स्थानीय निकायका उपमेयर , उपाध्यक्षलाई बजार अनुगमन समितिको संयोजक र अनुगमन कमिटी गठन गर्ने अधिकार दिएको हुदा त्यसलाई पालना गर्न लगाउने र गल्ती गर्ने व्यवसायीहरुलाई कार्वाही र जरिवाना गर्न सक्ने अधिकार समेत दिएकोले त्यसलाई तुरुनै कार्यावन गर्नु पर्ने आवस्यक रहेको बताए।
त्यसैगरि प्रदेश न.२ का अध्यक्ष केसि लामिछानेले राजादेखी रन्कसम्म , आलिदेखि थालीसम्म सबै उपभोक्ता भएकोले उत्पादन देखि उपभोग गर्ने सबै उपभोक्ता भएकोले उपभोक्ताको जीवन देखि कसैले खेलवान गर्नेलाई छुट नदिने , बस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई आफुले तिरेको मुल्य अनुसार सामानको क्वालिटि , सहि वजन र उचित मुल्य भएको हुनु पर्यो ।मुल्य तिरेको रकम बराबरको बिल बिजक अनिवार्य लिनु पर्यो ।अनिमात्र उपभोक्ता ठगिदैन ।उपभोक्ता पनि जागरुक हुनु पर्यो र अरुलाई पनि जागरुक बनाउनु पर्ने समेत बताए ।
बिरगंज महानगर कमिटी अध्यक्ष अजित भुजेलले नवगठित कमिटिलाई बधाई तथा कार्यसफलताको कामना गर्दै आउने दिनमा यश उपभोता हित संरक्षण मञ्च पोखरिया कमिटीले सबै जनताको मन जित्न सफल रहोस भन्दै कामना गरेका थिए ।