वीरगन्ज ।मुकेश खेतान। वीरगन्जमा नवनिर्मित आर्यघाटको उदघाट्न पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ बाट सम्पन्न भएको छ।
पर्सामा कोरोना कालमा देखिएको समस्याको समाधान भएको छ। कोरोनाका कारण मुत्यु भएका व्यक्ति हरुको शव लाइ अन्तिम संस्कारमा धेरै समस्या उत्पन भइरहेको थियो ।
यस्लाइ मध्यनजर गरि राजकुमार दारुका र सज्जन भंगर ज्यु को बिशेष सहयोगमा वीरगन्जमा आर्यघाट निर्माण गरिएको छ।
पर्साका प्रहरी उपरिक्षक गंगा पन्त र ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानको बिशेष पहल र वडा प्रहरी कार्यालय श्रीपुरको निगरानीमा आर्यघाट निर्माण कार्य सम्पन्न भएको छ।
वीरगन्ज महानगरपालिका वडा न १३ स्थित श्रीसिया नदी को छेउमा आर्यघाट निर्माण कार्य सम्पन्न भएको छ ।