वीरगन्ज । वीरगन्जमा कन्टेक्ट ट्रेसिङ्ग बन्द हुनसाथ संक्रमित को संख्या घट्दै गएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
बारा र पर्साबाट संकलित ९९ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा ५ जना महिलासहित १२ जनामा संक्रमण पुष्ठि भएको हो ।
पर्साका ४ जना, बाराका ७ र सर्लाहीका १ जनामा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका प्रबक्ता एवम् बरिष्ठ चिकित्सक डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा २ जना महिला, वडा नम्बर १५ मा १ जना महिला र वडा नम्बर १६ मा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यसैगरी बाराको कोहल्वी नगरपालिका वडा नम्बर १ का १ जना, कलैया उपमहानगरपालिका वडा नम्बर ४ का १ जना, जितपुर सिमरा आर्मी ब्यारेकका २ जना, आदर्श कोतवाल गाउँपालिकामा ३ जना संक्रमित थपिएका छन् ।
यस्तै सर्लाहीको कविलास नगरपालिका वडा नम्बर ५ का १ जना ६० वर्षिय बृद्धमा पनि संक्रमण देखिएको छ ।
थपिएका संक्रमितहरु २७ देखी ६० वर्ष उमेर समहुका रहेका छन् । चर्मरोग बिशेषज्ञ समेत रहनुभएका डा. चौरसियाका अनुसार उनिहरुको सिटि भ्यालु १९ देखी ३२ सम्म रहेको छ ।