धनगढी । जवरजस्ती करणी मुद्दामा अदालतबाट ११ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्।
कैलालीको भजनी नगरपालिका २ हाल वडा नम्बर ५ बस्ने दीर्घबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो।
भजनी निवासी महिलालाई जवरजस्ती करणी गरी फरार कामीलाई ०७४ मंसिर २४ गते जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकेको थियो।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले कात्तिक १८ गते भजनी नगरपालिका ५ बाट राति साढे ११ बजे पक्राउ गरी १९ गते जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।