• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५.४० अंक बढ्यो शेयर बजार, २ अर्ब २३ करोडभन्दा बढीको कारोबार

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार २१:०१
  • ३२१३

    वीरगन्ज  । गत बिहीवारदेखि निरन्तर सोमवारसम्म घटेको शेयर बजार मंगलवार भने ५ दशमलव ४० अंक बढेर बन्द भएको छ ।

    सोमवार ३ दशमलव ३३ अंक घटेर १ हजार ६३७ दशमलव ६३ विन्दुमा बन्द भएको बजार मंगलवार १ हजार ६३६ दशमलव २० विन्दुदेखि खुला भएर १ हजार ६४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यो दिन बजारले १ हजार ६४४ दशमलव ६२ विन्दुसम्म पुगेको थियो । 

    सोमवारको तुलनामा कारोबार रकममा भने कमि आएको छ । सोमवार रू. २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलवार रू. २ अर्ब २३ करोड ७९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको छ । 

    मंगलवार १९८ ओटा कम्पनीको २९ हजार ६०६ पटकको व्यापारमा उक्त रकम बराबरको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर कारोबार भएको हो । यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ ।

    उक्त कम्पनीको मंगलबार रू. १० करोड ३ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो । दोस्रोमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ३४ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो ।

    मंगलवार पनि व्यापारिक समुहको परिसूचक सर्वाधिक ४ दशमलव ८ प्रतिशतले बढेको छ । यो दिन बैंकिङ समुहको शून्य दशमलव १७ प्रतिशत र विकास बैंकको शून्य दशमलव ७६ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी १० ओटा समुहको परिसूचक बढेको छ ।

    मंगलवार होटलको शून्य दशमलव ११ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५१ प्रतिशत, वित्तको शून्य दशमलव ६३ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २ प्रतिशत, अन्यको १ दशमलव ३९ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत, जीवनको शून्य दशमलव १४ प्रतिशत र म्युचुअल फण्डको २ दशमलव ४९ प्रतिशतले परिसूचक बढेको छ । 

    मंगलवार सामान्य अंकले बढेको बजारमा विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने समिट लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, पाँचथर पावरको ९ दशमलव ७३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ४३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ९ दशमलव शून्य १ प्रतिशतले बढेको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑