वीरगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ ।
यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् ।