वीरगन्ज । कोरोनाभाइरस संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको बेला यसको रोकथाम तथा नियन्त्रणका उपाय र खोप–औषधिहरुको खोजी तीब्र रुपमा भइरहेका छन् । त्यति मात्र हैन, जनावरबाट मानिसमा सर्न सक्ने भाइरसहरुका खतरा र त्यसले भविष्यमा निम्त्याउन सक्ने भयानक महामारीका सम्भावनाहरुका बारेमा पनि चिन्तन विमर्शहरु भइरहेका छन् । यसै मेसोमा जैविक विविधतामा मानिसले पुर्याएको क्षतिले कसरी विश्वलाई महामारी–युगको चपेटातिर धकेल्दैछ भन्नेबारे मन्थन गरी राष्ट्रसंघीय निकायले तयार पारेको यो रिपोर्ट पठनीय मात्र हैन, गहन रुपमा मननीय पनि छ ।
जैविक विविधतामा मानिसले पुर्याएको क्षतिले हामीलाई महामारी युगमा धकेलिरहेको छ । जस्तो, कोभिड १९ को संक्रमण गराउने भाइरस चमेरामा पाइने यस्तै भाइरसहरुसँग सम्बन्धित छ । सालक वा अन्य जीवप्रजातीमार्फत यो मानिसमा सरेको हुनसक्छ ।
वनजंगल फडानी, जलवायु परिवर्तन, तीव्र खेती र वन्यजन्तु व्यापारजस्ता वातावरणीय विनाशले मानिसलाई वन्यजन्तुसँग नजिकको सम्पर्कमा पुर्याइरहेको छ । वन्यजन्तुले जीवाणुहरु बोकेका हुन्छन् र उनीहरुको सम्पर्कमा पुग्दा मानिसमा यस्ता जीवाणु सर्नसक्छ ।
वनजंगल फडानी, जलवायु परिवर्तन, तीव्र खेती र वन्यजन्तु व्यापारजस्ता वातावरणीय विनाशले मानिसलाई वन्यजन्तुसँग नजिकको सम्पर्कमा पुर्याइरहेको छ । वन्यजन्तुले जीवाणुहरु बोकेका हुन्छन् र उनीहरुको सम्पर्कमा पुग्दा मानिसमा यस्ता जीवाणु सर्नसक्छ ।
संयुक्त राष्ट्रसंघको इन्टरगभर्मेन्टल साइन्स–पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेज (आईपिबीईएस) ले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार अहिलेसम्म पहिचानमा आइनसकेका अधिकतम ८ लाख ५० हजारसम्म भाइरसहरु स्तनधारी जीव र चराबाट मानिसमा सर्नसक्ने अनुमान गरिएको छ ।
आईपिबिईएसको सो रिपोर्ट अनुसार भविष्यमा निम्तनसक्ने महामारी रोक्नका लागि मानव समुदायले तत्कालै वातावरणसँगको आफ्नो सम्बन्धलाई रुपान्तरण गर्न जरुरी छ ।
मानिसले चुकाउनुपर्ने मुल्य बढ्दै
यो रिपोर्ट यसै वर्ष जुलाईमा अग्रणी विज्ञहरुको सहभागितामा आयोजित भर्चअुल वर्कसप को निष्कर्ष हो । वैज्ञानिक समीक्षाबाट प्राप्त प्रमाणहरुका आधारमा सो रिपोर्टले भन्छः‘महामारी थप निरन्तर हुँदैछ, त्यसमुनि दबिएका अन्य उदाउँदा रोगहरुले उत्प्रेरित भएर त्यो थप व्यापक हुँदैछ । त्यसबाट बच्ने रणनीतिको अभावमा यो महामारी झन चाँडो चाँडो देखापर्नेछ, तीव्ररुपमा फैलनेछ, धेरै मानिसहरुलाई मार्नेछ र अहिलेसम्म भएका महामारीको दाँजोमा थप विध्वंशकारी रुपमा विश्व अर्थतन्त्रलाई असर गर्नेछ ।’
‘महामारी थप निरन्तर हुँदैछ, त्यसमुनि दबिएका अन्य उदाउँदा रोगहरुले उत्प्रेरित भएर त्यो थप व्यापक हुँदैछ । त्यसबाट बच्ने रणनीतिको अभावमा यो महामारी झन चाँडो चाँडो देखापर्नेछ, तीव्ररुपमा फैलनेछ, धेरै मानिसहरुलाई मार्नेछ र अहिलेसम्म भएका महामारीको दाँजोमा थप विध्वंशकारी रुपमा विश्व अर्थतन्त्रलाई असर गर्नेछ ।’
रिपोर्टका अनुसार औसत रुपमा प्रत्येक वर्ष जनावरबाट ५ वटा नयाँ रोगहरु मानिसमा सर्ने गर्छन् । ती सबै रोगहरु महामारी बन्नसक्ने सम्भावनायुक्त छन् । विगतका वर्षहरुमा देखापरेका त्यस्ता महामारी बन्न सक्ने केही रोगहरु यसअनुसार छन् ः
इबोला भाइरस (फलफूल खाने चमेराबाट)
एड्स (चिम्पान्जीबाट)
लाइम डिजिज (उडुसबाट)
हेन्द्रा भाइरस (ब्रिस्बेनस्थित तबेलाबाट १९९४ मा पहिलो पटक फैलिएको)
सो रिपोर्टअनुसार अहिलेसम्म देखापरिनसकेको करिब १७ लाख अज्ञात भाइरसहरु स्तनधारी जीव र चराका प्रजातीमा विद्यमान रहेका हुनसक्छन् । तीमध्ये ५ लाख ४० हजारदेखि ८ लाख ५० हजारसम्मले मानिसलाई संक्रमित गर्नसक्छन् ।
तर, महामारी निम्तनबाट रोक्नुको साटो विश्वभरका सरकारहरुले यसलाई सुरुवातमै पहिचान गर्ने, नियन्त्रण गर्ने र भ्याक्सिन तथा औषधीको तिव्र विकासमार्फत नियन्त्रण गर्ने कार्यमा ध्यान केन्द्रीत गरेका छन् ।
कोभिड १९ ले देखाएको अवस्थाबारे रिपोर्ट भन्छ
‘.. यो निकै ढिलो र अनिश्चित बाटो हो र विश्वले भ्याक्सिन उपलब्ध हुने प्रतिक्षा गरिरहेको बेला मानिसले चुकाउने मुल्य बढ्दै छ । रोग निरन्तर छ, अर्थतन्त्र ध्वस्त बन्दैछ र धेरैको ज्यान गएको छ ।’
यस दृष्टिकोणले जैविक विविधतामा पनि क्षति पुर्याउनसक्छ । जस्तो, भाइरस फैलाउनसक्ने पहिचान भएका जनावरहरुको संहार हुनसक्छ । सार्स महामारी फैलिएपछि चीनमा दशौं हजार वन्यजन्तुको संहार गरिएको थियो र कोभिड १९ सुरु भएयता चमेराहरुको निरन्तर हत्या भइरहेको छ ।
महिला र आदिवासी समुदाय विशेषगरी महामारीबाट प्रभावित छन् । विश्वभर सामाजिक र स्वास्थ क्षेत्रमा हेरचाह गर्नेमध्ये ७० प्रतिशत महिला छन् र विगतका महामारीहरुले ठूलो रुपमा आदिवासी समुदायलाई हानी गरेको छ, धेरैजसो भौगोलिक विकटताले पनि यस्तो अवस्था निम्तिएको छ ।
रिपोर्टअनुसार महिला र आदिवासी समुदाय विशेषगरी महामारीबाट प्रभावित छन् । विश्वभर सामाजिक र स्वास्थ क्षेत्रमा हेरचाह गर्नेमध्ये ७० प्रतिशत महिला छन् र विगतका महामारीहरुले ठूलो रुपमा आदिवासी समुदायलाई हानी गरेको छ, धेरैजसो भौगोलिक विकटताले पनि यस्तो अवस्था निम्तिएको छ ।
रिपोर्टअनुसार महामारी र नयाँ नयाँ देखापरेका पशुबाट मानिसमा सर्ने रोगहरु वार्षिक रुपमा १० खरब अमेरिकी डलरभन्दा धेरै आर्थिक क्षतिको कारक हुनसक्छ । जबकि, जुलाई २०२० सम्म कोभिड १९ बाट मात्रै विश्वभर ८० देखि १६० खरब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । नयाँ महामारीको रोकथाममा खर्च हुने रकम योभन्दा १ सय गुणा कम हुने अनुमान गरिएको छ ।
अबको बाटो
आईपिबीईएसको रिपोर्टले सम्भावित बाटाहरु पहिचान गरेको छ । जो यसप्रकार छन् –
– महामारी रोकथाममा सरकारहरुबीच सहकार्यको वृद्धि, उदाहरणका लागि महामारी रोकथामका लागि परिषद्को गठन हुन सक्छ, जसले महामारी रोकथामका लागि बाध्यकारी अन्तर्राष्ट्रिय मापदण्डलाई दिशानिर्देश गरोस्
– मानव स्वास्थ, जनावर स्वास्थ र वातावरणलगायत विषयमा एक्लाएक्लै नीति बनाउनुको साटो वान हेल्थ नीतिहरुको विश्वव्यापी कार्यान्वयन ।
– संरक्षण क्षेत्रहरु बिस्तार गरी जमीनको प्रयोगमा परिवर्तन ल्याउने, वन्यजन्तुहरुको वासस्थानलाई पुनस्र्थापना गर्ने र जनावरको मासुको प्रयोगलाई आर्थिक रुपमा हतोत्साही बनाउन कर लगाउनेजस्ता नीति लागु गर्ने ।
– वन्यजन्तु व्यापार तथा यससँग जोडिएका जोखिमलाई कम गर्ने नीति बनाउने, वन्यजन्तुका कारोबार हुने बजारहरुमा सरसफाइ तथा सुरक्षामा वृद्धि गर्ने, जैविक सुरक्षाका मामदण्डहरुलाई बढाउने तथा वन्यजन्तुका गैरकानूनी व्यापारहरुका विरुद्ध थप कडाई गर्ने ।
विकसित देशहरुमा खपतको तिव्र वृद्धि हुँदा त्यस्ता सामग्रीहरु उत्पादन हुने कम विकसित देशहरुमा बारम्बार दोहोरिएर रोगहरु देखा परिरहेका छन् ।
सामाजिक र व्यक्तिगत व्यवहार परिवर्तन पनि आवश्यक हुनेछ ।
विकसित देशहरुमा खपतको तिव्र वृद्धि हुँदा त्यस्ता सामग्रीहरु उत्पादन हुने कम विकसित देशहरुमा बारम्बार दोहोरिएर रोगहरु देखा परिरहेका छन् ।
त्यसैले खपत कम गर्नेगरी सामाजिक परिवर्तन हामीले कसरी ल्याउनसक्छौं ? यसबारे रिपोर्टमा उल्लेख गरिएका मापदण्ड यस्ता छन् ।
– शैक्षिक नीति
– उच्च महामारी जोखिमयुक्त खपतलाई चिन्हित गर्ने । जस्तो, बिक्रीका लागि वनबाट कब्जा गरिएका जन्तु वा कब्जा गरेर प्रजनन गराइएका वन्यजन्तु कुन देशमा कब्जा गरिएका हुन् वा प्रजनन गराइएका हुन् भन्नेबारे लेबलिङ गर्ने ।
– दिगो व्यवहारका लागि प्रोत्साहनको व्यवस्था गर्ने ।
– वन्यजन्तु खपतको आवश्यकता घटाउन खाद्य सुरक्षालाई वृद्धि गर्ने ।
द कन्भर्सेसनमा प्रकाशित रिपोर्टको अन्वेषण अधिकारीद्वारा नेपालमा अनुवाद . Title Photo:https://images.theconversation.com