वीरगञ्ज । पर्सामा द हन्ड्रेड (१००) ग्रुप गठन भएको छ । विभिन्न स्थानबाट सामाजिक कार्यमा आबद्ध रहेका युवाहरुले संगठित भएर काम गर्न पर्सामा द हन्ड्रेड (१००) ग्रुप गठन गरेका हुन् ।
युवा सामाजिक अभियन्ता विनय गिरिको नेतृत्वमा शनिबार वीरगञ्जस्थित दरबार होटलमा आयोजित बैठकले ग्रुपको तदर्थ समिति गठन गरेको छ ।
आगामी दिनमा संगठनलाई पूर्णता दिँदै आधिकारिक समिति घोषणा गर्ने ग्रुपको योजना रहेको छ । युवा उमेरमा आफ्नो घर-समाजका रहेका विभिन्न समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्न उद्द्येश्यले ग्रुप गठन गरिएको सदस्य तथा युवा समाज सेवी आशिष गुप्ताले बताए ।
ग्रुपले आउँदो दीपावली र छठलाई लक्षित विभिन्न कार्यक्रमहरु समेत घोषणा गरेको छ । ‘हामीले गरिव तथा अति विपन्न वर्गका महिलाहरुलाई छठ पर्व मनाउन पूजाको सामग्री, साडीलगायत सहयोग गर्ने योजना बनाएका छौं,’ गुप्ताले भने, ‘त्यसैगरी दीपावलीमा जिल्लाका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुको सरसफाई र जागरुकता फैलाउने अभियान समेत चलाउने छौं ।’
बैठकमा युवा अभियन्ता सौरभ साह, बिक्की सर्राफ, आयुष राज बरनवाल लगायतको सहभागिता रहेको थियो ।