वीरगन्ज । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ५४ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ५४ लाख ८३ हजार ८ सय ७४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९० लाख ३६ हजार ६ सय ८३ पुगेको छ। त्यस्तै भारतमा ८० लाख ८८ हजार ८ सय ५१, ब्राजिलमा ५४ लाख ९४ हजार ३ सय ७६ र रुसमा १५ लाख ८८ हजार ४ सय ३३ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ११ लाख ८७ हजार ५ सय ५० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख २९ हजार ५ सय ९४, ब्राजिलमा १ लाख ५८ हजार ९ सय ६९, मेक्सीकोमा ९१ हजार २ सय ८९, बेलायतमा ४६ हजार ३ सय १९, इटालीमा ३८ हजार ३ सय २१ जनाको मृत्यु भएको छ
विश्वभर दुई करोड ९५ लाख ९९ हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन्।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४९ लाख ६२ हजार ५ सय ७४, अमेरिकामा ३५ लाख ७८ हजार ४ सय ५२, रुसमा ११ लाख ९३ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ६८ हजार २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख २८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने ९ सय २० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ८ सय ५१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २१ हजार ९० पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७३ हजार ३ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३२ हजार १ सय ८६ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १३ हजार ५ सय २७ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६ हजार ३ सय ६४ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख २२ हजार ७ सय ३ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ३ सय ३४ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार २ सय ५८ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ६ सय ४३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या १० हजार ४ सय २४ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १९ छ भने निको हुनेको संख्या ४ हजार २सय ८२ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३४६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३१६ छ।