• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुकेशका हत्या आरोपी पूर्वसभासद् फरार! भन्छन्, ‘म नेपालभित्रै छु, दोषी प्रमाणित भए कारवाही भोग्छु’

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार ०९:१५
  • ६४२५

    वीरगंज । पर्सा क्षेत्र नं ३ का पूर्वसभासद राजकुमार गुप्तालाई  नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोप लागेको छ। उनीविरुद्ध किटानी जाहेरी परिसकेको छ।

    यसबारे पूर्वसभासद् गुप्ताले आफूलाई जानकारी रहेको बताए। घटनामा दोषी भेटिए कारबाई भोग्नसमेत तयार रहेको उनले बताए। पर्सा, विन्दवासिनी गाउँपालिका वडा नं २ बहुअर्वाभाठा बस्ने ४० वर्षीय नेता मुकेश चौरसियाको हत्या घटनामा आफु अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको स्पष्ट पारे।

    हत्या घटनामा उनीसहित १२ जना नेता कार्यकर्ताविरुद्ध किटानी जोहरी परेसँगै अहिले पर्सामा उनीसहित अन्य कार्यकर्ता पनि फरार भएको अडकलबाजी भइरहेको छ। उनी वीरगंजबाट काठमाडौंतर्फ प्रस्थान गरेको वीरगंजमा चर्चा छ। कहाँ छन् त गुप्ता? फोन सम्पर्कमा गुप्ताले आफू नेपालमै रहेको बताए।

    उनले कहाँ छु भन्नेभन्दा पनि नेपालभित्रै रहेको र सबैको सम्पर्कमा रहेकोले फरार भनिरहन नपर्ने बताए। भने, ‘म कानुनभन्दा माथि छैन, जे कानुनी प्रक्रया पुरा गर्नुपर्छ, प्रहरीलाई अनुसन्धानमा सघाएर सहयोग गर्नेछु।’

    उनले मुकेश चौरसियाको घटनामा आफनो संलग्नता नरहेको दाबीसमेत गरे। यता, कातिक ६ गते पर्साको विन्दावासनि गापा ५ प्रसौनीमा भएको सपथग्रहण कार्यक्रममा झडपमा परी गम्भीर घाइते भई उपचारको क्रममा मृत्युवरण गरेका मुकेशको घरपरिवारले उनकै योजनामा सो घटना भएको र लाठीभाटा हान्ने देवा सहनी र हनिफ मिया गुप्ताकै वीरगंज श्रीपुरस्थित निवासबाट पक्राउ परेको हुदाँ उनको संलग्नता हुने दावी गर्दै आएका छन्। पूर्ब सभासद गूप्तासहित १२ जनाको नाम किटानी जाहेरीमा समावेश गरी पर्सा प्रहरीमा कातिक ७ गते दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन।

    जिल्ला प्रशासन कार्याल्य पर्सामा पनि ज्ञापनपत्र बुझाएर जाहेरी दर्ता गराउन खोज्दा नभएकोपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सुनवाई गराएर बिहीवार जोहरी दर्ता भएको छ। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकराी गराएकी छन्। पर्साकी प्रहरी उपरीक्षक पन्तले मुकेशलाई भाटा हान्ने अखिलेश चौरसियालाई प्रहरीले खोजी गरिररहेको र त्यसपछि जो जसको संलग्नता खुल्दै जान्छ त्यसपछि सबैलाई अनुसन्धानको क्रममा समेटिने बताइन्। उनले जाहेरी भएका सबैको खोजी कार्य प्रहरीले गरिरहेको जनाएकी छन्।यो समाचार पहिलोपोस्ट्को लागि राधेश्याम पटेलले लेख्न भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑