• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘विज्ञापन बजार बढ्ला तर उपभोक्ताले टेलिभिजन हेर्न महँगो शुल्क तिर्नुपर्छ’

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार १२:२१
  • ५७६५

    वीरगन्ज । नेपालमा कात्तिक ८ देखि क्लिनफिड (विज्ञापनरहित) लागु भयो । कात्तिक ८ देखि विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण भएका छन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को व्यवस्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण नहुने व्यवस्था लागु भएको हो । यो व्यवस्थासँगै नेपाली विज्ञापन बजार दोब्बरले बढ्ने विज्ञापन व्यवसायीहरुले दाबी गर्दै आएका छन् । यस्तै विज्ञापन बजारको दायरा फराकिलो हुने भएसँगै रोजगारी र सरकारको पनि राजस्व बढ्ने उनीहरुको भनाइ छ ।

    यता, टेलिभिजन सेवा प्रदायकहरु भने क्लिनफिडले विज्ञापन बजार बढ्ला वा नबढ्ला तर टेलिभिजन हेर्ने उपभोक्ताका लागि भने शुल्क बढ्ने निश्‍चित रहेको बताउँछन् । डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य हाल उपभोक्ताले तिरिरहेको शुल्कमा २५ प्रतिशतसम्म शुल्क बढ्न सक्ने बताउँछन् । “पहिला त्यही च्यानलहरुले विज्ञापन पनि प्रसारण गर्थे, अब गर्न पाउँदैनन् । त्यसरी कन्टेन्ट मात्रै दिँदा उनीहरुको लागत पनि बढ्छ । त्यो बढेको लागत हाम्रा उपभोक्तामाथि पर्छ,” उनले भने । यद्यपि टेलिभिजन हेरिरहेका ग्राहकलाई बढी शूल्क नलाग्‍ने बनाउन आफूहरुले प्रयास गरिरहेको पनि उनले बताए ।

    क्लिनफिड लागु  हुनुअघि जति पनि विदेशी च्यानल नेपालमा प्रसारण हुन्थे, उनीहरुले टेलिभिजन कार्यक्रमसहित विदेशी विज्ञापन पनि प्रसारण गर्थे । सोही विज्ञापनबाट संकलन हुने रकमका कारण उनीहरुको लागत बढेको थिएन, तर अब उनीहरुको लागत पनि बढ्ने र त्यसको पूर्ति उपभोक्ताबाटै गर्न सक्ने आचार्य बताउँछन् । क्लिनफिड लागु हुनुभन्दा अगाडि धेरै च्यानलहरु निःशुल्क पनि हेर्न पाइन्थ्यो तर अब ती च्यानल हेर्न पनि शुल्क तिर्नुपर्ने हुनसक्ने उनले बताए । अब आस्थालगायत च्यानल पनि पे च्यानलमा जान सक्ने उनी बताउँछन् । “पहिला विज्ञापन प्रसारण गर्न पाउने हुँदा शुल्क लिँदैनथे अब त हाम्रो च्यानल देखाउने हो भने शुल्क लाग्छ भन्‍न सक्छन्,” उनले भने । त्यसको सीधा असर उपभोक्तालाई नै पर्ने उनको भनाइ छ ।

    “उदाहरणका लागि पे-टीभीको कुरा गर्दा भारतबाट प्रसारण हुने च्यानलहरु सबै स्याटेलाइटबाट ल्याएका थियौं । त्यसरी भारतबाट ल्याउँदा नेपालका लागि छुट्टै खर्च बढाउनु पर्दैनथ्यो । अब नेपाललाई दिन ब्रोडकास्टर्सहरुले विभिन्‍न माध्यम प्रयोग गरिरहेका छन् । जस्तो सोनीले त्यही स्याटेलाइटको फेड प्रयोग गरेको छ तर एउटा सेवा लिएको छ जसले विज्ञापन हटाउने काम गर्छ । त्यसका लागि अर्को तेस्रो कम्पनीलाई महिनावारी शुल्क बुझाउनुपर्छ । यसले उसको खर्च बढ्यो । त्यो खर्च उनीहरुले हामीमाथि नै लगाउने भए । स्टारले पनि त्यस्तै प्रकारको प्रविधि ल्याएको छ । उसले हामीलाई बक्स पठाउँदै छ, त्यो बक्स हरेक महिना प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको लागि पनि सुरुमै लगानी हुने भयो । त्यसमा उनीहरुले ठूलो लगानी गरेका छन् । जीको स्याटेलाइट खर्च थपिएको छ । योभन्दा अगाडि स्याटेलाइटका लागि पैसा तिर्नुपरेको थिएन अब तिर्नुपर्ने हुन्छ । विज्ञापन झिकेर राख्‍न प्ले-आउट सर्भर छुट्टै चाहियो । त्यसले खर्च बढाउने काम भयो,” उनले भने, “त्यसले पनि ती च्यानल त आयो तर हाम्रो पनि त्यस्ता बक्स राख्नुपर्ने, पावर दिनुपर्ने, मनिटरका लागि मान्छे राख्नुपर्ने, एफटीए च्यानललाई क्लिनफिड गराएर दिन लागत लाग्‍ने भयो । हाम्रोमा पनि खर्च बढ्यो । यो बढेको खर्च रिकभर गर्न ग्राहकलाई नै बढी शुल्क पर्छ ।” यसको विषयमा पहिले नै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको उनले बताए ।

    सरकारले भने उपभोक्ताको नजरबाट क्लिनफिडलाई नहेरेको व्यवसायीको भनाइ छ । व्यवसायीले भने जस्तो उपभोक्ताले बढी शुल्क तिर्नपर्ने हो वा होइन भन्‍ने विषयमा सरकारले पनि अध्ययन गरेको पाइँदैन । क्लिनफिड लागु गर्न-गराउन सरकारले गठन गरेको विज्ञापन बोर्डका अध्यक्ष डिल्लीराम शर्मा तत्कालका लागि ऐनको कार्यान्वयन गरिएको बताउँछन् । “अहिले कानुन कार्यान्वयनको क्रममा छ, कानुन लागु भएको छ । पहिलाको सर्त, सुविधाहरु त छँदै छ, अहिले नै शुल्क बढाउने भन्‍ने कुरा त कसरी आउँछ र ?” उनले प्रश्‍न गरे ।

    विज्ञापन ऐन, नियमावली छ, हामी सोही बाटोबाट जानुपर्ने उनको भनाइ छ । “उपभोक्ताको हक, हित त हुनुपर्‍यो । उपभोक्ताको पनि अधिकारको कुरा छ,” उनले भने, “अहिले कानुन कार्यान्वयन भइरहेको छ, यसमा सबैको सहयोग पनि पाएका छौं ।”

    यता टेलिभिजन सेवा प्रदायकहरु भने क्लिनफिड लागु हुँदाको शुल्क र नहुँदाको शुल्क एकै हुन नसक्ने बताउँछन् । “उनीहरु (टेलिभिजन) ले कार्यक्रमसहित विज्ञापन पनि प्रसारण गर्न पाउँथे, अब पाउँदैनन् । क्लिनफिडसहितको टेलिभिजन कन्टेन्ट मात्रै दिँदा जनशक्ति, प्रविधिमा उनीहरुको लागत बढ्छ । त्यो बढेको लागत हामी जस्ता उपभोक्ताबाटै उठाउने हो,” आचार्यले भने ।

    यता, क्लिनफिड लागु भएपछि विज्ञापन बजार शतप्रतिशत बढ्ने दाबी विज्ञापन व्यवसायीहरुको छ । नेपालमा प्रसारण हुने कुनै पनि विदेशी च्यानलबाट प्रसारण हुने विज्ञापन नेपाली उपभोक्ताले हेर्न नपाउने भएपछि नेपाली उपभोक्तालाई केन्द्रित गरेर विज्ञापन प्रसारण गर्ने विदेशी कम्पनीहरुले अब नेपाली भाषामा नै विज्ञापन बनाउनुपर्ने हुन्छ । यसले गर्दा नेपाली विज्ञापन बजारको दायरा विस्तार हुने उनीहरुको भनाइ छ ।

    नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष रवीन्द्र रिजालका अनुसार विज्ञापन उत्पादनदेखि वितरणसम्मसमेत गरी अहिले समग्र विज्ञापन बजार १२ अर्बको छ । क्लिन फिड लागु भएपछि १२ अर्बको समग्र विज्ञापन बजार दुई वर्षभित्र २४ अर्ब पुग्‍ने उनले दाबी गरेका छन् ।

    क्लिनफिड लागु भएसँगै अब कुनै पनि विदेशी वस्तु वा सेवाको विज्ञापन नेपाली सञ्‍चारमध्यमबाट मात्रै प्रसारण गर्न पाइनेछ । कुनै विदेशी वस्तु नेपाली उपभोक्तालाई लक्षित छ भने उनीहरुका लागि नेपालमै र नेपाली भाषामा नै विज्ञापान बनाउने र प्रकाशन, प्रसारण गर्नुपर्ने हुन्छ । त्यसले यस क्षेत्रमा रोजगारी बढ्ने, सरकारले त्यसबापत राजस्व पाउने विज्ञापन व्यवसायीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑