• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    चिनियाँ र उत्तर कोरियाली ह्याकरको ‘ट्रान्जिट’ नेपाल ! भारतीय चिन्ता सही कि गलत ?

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार २०:०२
  • ३०४९

    वीरगंज। भारतीय एक मिडियाले चीन र उत्तर कोरियाका ह्याकरले नेपालमा बलियो उपस्थिति बनाउँदै भारतको जासुसी गरेको समाचार प्रकाशित गरेको छ ।जी न्युज इण्डिया ले हालै प्रकाशित गरेकाे समाचारमा नेपालको केपी ओली सरकार चीनको स्टेट सेक्युरिटी ब्यूरो, बेइजिङको इन्टेलिजेन्स आर्मी र उत्तर कोरयाली साइबर तथा मनी लण्डरिङको स्टेज अपरेसनको हब बनिरहेको उल्लेख गरेकाे छ ।

    समाचारमा नेपाल हब बनेको स्पस्ट स्रोत नखुलाई ‘आधिकारिक स्रोत’ले बताएको उल्लेख गरिएकाे छ ।स्राेतकाे हवाला दिँदै उत्तर कोरियाली ह्याकरहरु भारतीय सिस्टमलाई निशाना बनाउन चीनको गुप्तचर निकायसँग काम गरेर अहिले बैंकिङ प्रणालीलाई तोड्ने तथा संवेदनशील प्रविधिको चोरी गर्ने जस्ता कार्य गरिरहेको उल्लेख गरिएकाे छ ।

    समाचार अनुसार ती ह्याकरहरुले भारतीय सिस्टममा आइसबग, हिड्न लिनक्स र एपीटी १२ जस्ता विशेष कम्प्युटर प्रोग्राम इन्जेक्ट गरेर ह्याकिङको प्रयास गरिरहेकाे छन् ।साथै चिनियाँ र उत्तर कोरियाली ह्याकरहरुले लामो समयदेखि नेपालमा बसेर भारतमाथि जासुसी गरिरहेकाे उल्लेख गरिएकाे छ।‘यी ह्याकरहरुले नेपालमा पनि बैंक क्यास मसिनमा ह्याकिङ जस्ता साइबर अपराधका कार्यहरु गर्दै आइरहेकाे छन्,’ समाचारमा लेखिएकाे छ ।

    विस्तृत समाचार यस्ताे छ

    ‘‘२०१९ मा नेपाल प्रहरीले टुरिस्ट भिसामा नेपाल छिरेका १२२ चिनियाँ नागरिकहरुलाई ह्याकिङ प्रयास गरेकाे भन्दै पक्राउ गरेको थियाे ।उत्तर कोरियाली समूहले प्रत्यक्ष रुपमा उत्तर कोरियाली सैन्य गुप्तचरका डाइरेक्टरेट जनरलसँगको सहकार्यमा काम गरेको प्रमाण पनि पाइएको थियो । यो समूहलाई लजारस समूह अर्थात् हिडन कोब्रा पनि भनिन्छ । उत्तर कोरियाबाट प्रायोजित ह्याकिङ समूह लजारसले कोभिड १९ को संकट वरपर डिजाइन गरेका इमेलबाट व्यापक मात्रामा फिसिङ अट्याक लन्च गर्ने योजना बनाएको छ ।

    यस्ता फिसिङ अट्याकको मुख्य निशानामा अमेरिका, बेलायत, जापान, सिङ्गापुर, दक्षिण कोरिया र भारतजस्ता मुलुकहरु रहेका छन् ।वास्तवमा यी मुलुकका सरकारहरुले कोभिड १९ को महामारीसँग लड्न स्टिमुलस पेमेन्ट (जनताको क्रय शक्ति बढाउन कर फिरौती गर्ने) लाई विस्तार गर्दै लगिरहेका छन् ।

    ‘यस्ता फिसिङ इमेलले प्रापकहरुलाई फर्जी वेबसाइटमा ल्याउँछन्, जहाँ उनीहरुलाई झुक्काएर आफ्नो व्यक्तिगत र वित्तीय विवरणलाई खुलाउन बाध्य बनाइन्छ,’ लजारस ग्रुपको योजनामाथि पर्दाफास गर्ने सुरक्षा अनुसन्धान कम्पनी सीफर्माले बताउँछ । नेपाली मिडियामा केही महिनाअघि प्रकाशित भएका रिपोर्टमा समेत उत्तर कोरियाली ह्याकरहरुले  गैरकानूनी रुपमा काठमाडौंबाट ह्याकिङ अपरेसनहरु सञ्चालन गरिरहेको खुल्नमा आएको थियो ।

    यसले नेपालको आन्तरिक सुरक्षामा मात्र खलल पुर्‍याउँदैन । संयुक्त राष्ट्रसंघ जस्तो अन्तराष्ट्रिय फोरमसँग राष्ट्रिय सुरक्षामा प्रतिबद्ध रहने नेपालको प्रतिबद्धतालाई पनि यसले संकटग्रस्त बनाउँछ ।यदि यस्तो अवस्था रहिरहने हो भने नेपाल चाँडै नै आपराधिक क्रियाकलापको हबको रुपमा चिनिने छ ।

    उत्तर कोरियाको एउटा ह्याकर समूह टोखास्थित हार्मोनी हाउजिङको अपार्टमेन्ट नम्बर १६ ए बाट साइबर गुप्तचरी गरिरहेको रिपोर्ट बाहिर आएको थियो ।उक्त समूहले विश्वभरका बैंकिङ तथा वित्तिय संस्थाहरुमाथि निशाना साधिँरहेको थियो ।उक्त समूहले केही नेपाली नागरिकहरुसँगको सहकार्यमा नै हार्मोनी हाउजिङमा रिजर्ट लिएका थिए ।

    उक्त समूहको मुख्य उद्देश्य भनेको विभिन्न बैंक, वित्तिय संस्था तथा विभिन्न संगठनहरुलाई निशाना बनाएर उनीहरुबाट विभिन्न किसिमका संवेदनशील जानकारी चोरी गर्नु हो ।त्यसपश्चात समूहले आफ्नो जानकारी, डेटा तथा फ्याक्टहरु उत्तर कोरियाली सरकारलाई नै फिर्ता बुझाउँछ । उत्तर कोरियाली ह्याकरहरुले विश्वभरका वित्तीय संस्था तथा बैंकहरुमा चोरी गर्ने उद्देश्यले अत्याधुनिक साइबर हमलाहरु गरिरहेको भन्दै अमेरिकाले अलर्ट जारी गरिसकेको छ ।

    नेपालबाट अपरेट गरिरहेका धेरै उत्तर कोरियाली ह्याकरहरु भारतको लागि खतरा रहेको छ । यी ह्याकर समूहको मुख्य उद्देश्य भनेको उत्तर कोरियाको लागि पैसा कमाउनु हो । साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी सीआइएसए, अर्थमन्त्रालय, एफबीआई तथा युएस साइबरकम जस्ता अमेरिकी संस्थाहरुले अलर्ट जारी गर्दै भनेका छन्, ‘उत्तर कोरियाली ह्याकर समूह बिएगल ब्वाइजले आफ्नो एटीएम क्यासआउट अभियानलाई पुन: सुचारु गरेका छन् ।

    यसलाई उनीहरुले ठूलो सफलताका साथ २०१५ देखि सञ्चालन गर्दै आइरहेका छन् । यी साइबर अपराधी समूहले चोरी गरेको पैसा उत्तर कोरियाली शासकले युएनले प्रतिबन्ध लगाएको परमाणु हतियार र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गर्न प्रयोग गर्नेछन् ।’’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑