• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयरको निर्देशनमा वीरगञ्ज बसपार्क ठेक्कामा करोडौं घोटला

  • वीरगंज संजाल
  • ६ आश्विन २०७६, सोमबार २३:१९
  • ८१००

     वीरगञ्ज | नरेश सरार्फ | वीरगञ्ज महानगरपालिकाले सार्वजनिक–निजी–साझेदारी (पिपिपि) मोडल अनुसार नवनिर्मित नयाँ बसपार्क टर्मिनल ठेक्कामा दिँदा करोडौंको घोटला भएको छ । यो घोटलामा महानगरपालिकाका प्रमुख विजय सरावगी नै संलग्न भएको खुलासा हुन पुगेको छ ।

    पर्साका निमार्ण व्यवसायीहरुले बसपार्क सञ्चालनको लागि ठेक्कामा दिँदा महानगर प्रमुख सरावगीले मोटो कमिशन लिएर एक कम्पनीलाई दिएको भन्दै विरोध गरेका छन् ।

    निर्माण व्यवसायी संघ पर्साका निवर्तमान अध्यक्ष मोहन प्रसाद यादवले बसपार्कको ठेक्कापट्टामा करोडौं रुपैयाँको आर्थिक चलखेल भएको आरोप लगाएका हुन । यादव श्री ओमसाई निर्माण सेवा पर्साका सञ्चालक पनि हुन् । जुन ठेक्कामा यादवको कम्पनी श्री ओमसाई निर्माण सेवा पनि प्रतिस्पर्धा गरेको थियो ।

    प्रतिस्पर्धामा सबैभन्दा बढी रकम महानगरपालिकालाई दिन प्रस्ताव गरेको श्री ओमसाई निर्माण सेवालाई ठेक्का नदिइ सो भन्दा कम रकम प्रस्ताव गरेको चितवनको एन के इन्टरनेशनललाई ठेक्का दिने निर्णय गरिएको छ ।

    ओम साई निर्माण सेवाले आठ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरेको थियो भने चितवनका एनके ईन्टरनेशनलले सात करोड ५० लाख रुपैयाँ प्रस्ताव गरेको थियो । कम रकम प्रस्ताव गरेपनि एन केलाई ठेक्का दिन महानगर प्रमुख सरावगी दवाव दिएका थिए । यसबाट महानगरपालिका प्रमुख सरावगीले मोटो रकम हात पार्दै व्यापक अनियमितता गरेको स्थानीय निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । जब कि सबैभन्दा बढी रकम प्रस्ताव गर्नेलाई ठेक्का दिनुपर्नेमा त्यसो नगरि दोस्रो नम्बरमा रहेको कम्पनीलाई ठेक्का दिएपछि विवाद सँगै भ्रष्टाचार भएको आशंका गरिएको छ ।

    महानगरपालिकाले टेण्डर निकाल्दा प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिक प्रस्तावमा श्री ओमसाई अव्वल ठहरिएपनि आर्थिक प्रस्तावमा चलखेल गरी एन केलाई बढी अंक दिई ओमसाईलाई कम नम्बर दिइएको आरोप पनि मेयरमाथि लगाइएको छ ।

    निमार्ण व्यवसायी संघका निर्वतमान अध्यक्ष रहेका ओमसाईका सञ्चालक यादवले भने–‘मेरो कम्पनीले प्राविधिकमा सबभन्दा बढी अंक ल्याउँदा समेत मेयर सरावगीले मेरो प्रस्ताव अस्वीकार गरी एक करोड रुपैयाँ घटीको प्रस्तावलाई कुन आधारमा स्वीकार गरे । यसमा आर्थिक चलखेल भएको छ । मेयरले एनकेसँगको मिलेमतोमा मेरो कम्पनीलाई ठेक्का नदिइ एनकेलाई मोटो रकम लिएर दिइएको छ ।’

    वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीले ओमसाईले लगाएको आरोप अस्वीकार गर्दै भने–‘वीरगञ्ज बसपार्क टर्मिनल सञ्चालन गर्न साधारण ठेक्कापट्टा नभई विशिष्ट खाले भएकोले यसमा असफल भएपछि ओमसाईले अनावश्यक टिकाटिप्पणी र आरोप लगाएको छ । त्यसमा सत्यता छैन ।’

    वीरगञ्ज नया बसपार्क टर्मिनल सञ्चालन, व्यवस्थापन तथा आर्थिक संकलनको लागि नगर कार्यपालिकाले गत असार ३१ गते निर्णय गर्दै साउन ३ गते सबैभन्दा बढी रकम कबोल गर्नेलाई पाँच वर्षको लागि भन्दै टेण्डर आह्वान गरेको थियो ।

    उक्त आह्वान अनुसार एसबिएस एसोएिट प्रालि, ओम साई निर्माण सेवा र एनके ईन्टरनेशनल प्रालिले ठेक्का सकार गर्न आ आफनो प्राविधिक प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये एसबिएस एसोशिएट प्रालि प्राविधिक प्रस्ताव न्यूनतम ५० अंक ल्याउन नसकेर प्रतिस्पर्धाबाट शुरुमै बाहिरिएको थियो ।

    प्राविधिक प्रस्तावमा पास भएका एनके र ओमसाई कम्पनीको आर्थिक प्रस्ताव मूल्यांकन गरेपछि त्यसका आधारमा एनकेलाई ठेक्का दिने निर्णय भएको थियो । आर्थिक प्रस्ताव खोल्दा चलखेल भएको बताइएको छ । ओमसाईका सञ्चालक यादवका अनुसार आर्थिक प्रस्ताव खोल्दा उनलाई सम्पर्क नगरि हुलाकबाट पत्र पठाइएको थियो । यादव भन्छन्–‘आर्थिक प्रस्ताव खोल्दा मलाई फोन पनि गरिएन, ईमेल मार्फत समेत जानकारी नगराई हुलाक मार्फत किन जानकारी गराइयो ? यसले चलखेल भएको पुष्टि गर्छ । यसबाट मेरो कम्पनीलाई ठेक्का नदिने खेल भएको पुष्टि भएको छ ।’ उनले महानगरपालिकाले निर्णय नसच्याए कानुनी लडाइ लड्ने पनि बताए ।

    प्राविधिक प्रस्तावमा पास भएको भन्दै गत भदौ १९ मा महानगरपालिकाले ओम साई निर्माण सेवा र एनके इन्टरनेशनललाई जानकारी गराउँदै आर्थिक प्रस्ताव खोल्न भदौ २६ मा दिउँसो १ बजे बोलाएको थियो । महागनरपालिकाले गत भदौ ३० गते एनकेलाई टेण्डर दिने सूचना प्रकाशित गरेको थियो । यसपछि महानगरको यो निर्णयको विरोध हुन पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑