पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्युपछि कोरोना पुष्टि
वीरगंज संजाल
९ कार्तिक २०७७, आईतवार ११:१२
२४५३
चितवन । पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) भरतपुरमा मृत्यु भएपछि एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको चन्द्रनिगाहापुर नगरपालिका १ की ७७ वर्षीय महिलाको मृत्यु पछि कोरोना पोजेटिभ देखिएको हो ।
ती महिलालाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । उनको कात्तिक ८ गते अपराह्न साढे ४ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । ती महिलाको कोरोना परिक्षणका लागि स्वाब पनि ८ गते नै पठाइएको थियो । निमोनियाँले ग्रस्त उनको राति १० बजे कोरोना रिपोर्ट पोजेटिभ आएको न्यौपानेले बताए ।