पर्सा |राजन कुमार बानिया| नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को जगरनाथपुर गाउँपालिका कमिटीको आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ |पर्साको जगरनाथपुर गाउँपालिकाको जगरनाथपुरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ,प्रदेश सहईन्चार्ज एव पुर्वमंत्री बिश्वनाथ साहको प्रमुख आतिथ्यतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि साहले पालिकाकाको ५८ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियोे ।
सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिले संबोधन गर्दै भने नेकपा भएको पार्टी फुटेको छैन अब हामी बलियो भएको नेता कार्यकर्ताहरु जानकारी समेत दिनु भएको थियो ।बिपक्षि हरुले नेपाल कम्युनिस्ट पार्टीमा दुई पक्ष छ, भनी प्रचार गरिरहेको छ तर नेकपा फुट भएको छैन आफ्ना नेता र कार्यकार्ता हरु जानकारी गराउदै भने जो सचा कम्युनिस्ट छन त्यसको पार्टी प्रती माया र ममता हुन्छ ।
पार्टीमा समान्य समस्या आउछ आफ्नो कुरा राखदै भने म पहिला प्रदेश ईन्चार्ज थिए तर पार्टीले मलाई प्रदेश सह ईन्चार्ज बनायो । सह ईन्चार्ज भएर पनि नेपाल कम्युनिस्ट पार्टीमा रहेर नियम नीतिमा चलिरहेको छु । तपाईंहरु पनि पहिलाको कमी कमजोरीहरु त्याग गरि ईमानदारी पुर्वक नेपाल कम्युनिस्ट पार्टीको नियम नीतिमा चलन आग्रह समेत गर्नु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तब्य नेकपाका जिल्ला अध्यक्ष प्रभु हजारा , संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, नगर अध्यक्ष दिनेश राई, जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ , छिपहरमाई गापा अध्यक्ष मनोज कुमार गुप्ता , पुर्व सभासद रामेश्वर राम, जिल्ला सदस्य बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा ,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सपथ ग्रहण कार्यक्रम जगरनाथपुर गापा कमिटी अध्यक्ष मदिस मियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद शेख चाँदतारा , नेकपा नेता बसुरुदिन अंसारी, बालगोपाल थापा, जिल्ला समन्वय समिति पर्सा उपप्रमुख ठाकुर नेवपाने, पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटा,जिराभवानी गापा उपाध्यक्ष उषा चौधरी थरुनी, प्रदेश सदस्य योगेन्द्र साह,बलिराम साह,युवा नेता तेजप्रताप निषाद, देवकोटा,बिजयबस्ती का पुर्व गाबिस अधयक्ष लालबहादुर श्रेष्ठ ,नेकपा का ठोरी अधयक्ष खगेन्द्र श्रेष्ठ ,जिराभवानी अधयक्ष शशिकपुर थारु, नेकपा का छिपहरमाई गापा कमिटिअध्यक्ष पहलाद गुप्ता ,धोबिनी गापा अध्यक्ष मजिद मियाँ ,बिनोद साह कानु,नेकपा युवा नेता सुरेश कुमार पटेल, नेकपा धोबिनीका उपाध्यक्ष हरि पटेल, शम्भु पाल,अबास मियाँ , लालबाबु पटेल,दारिफ मियाँ , लगायत नेताकार्यकर्ताहरुको उपस्थिति थियो।सपथ ग्रहण कार्यक्रममा जगरनाथपुर गाउँपालिका अधयक्ष जालिम मियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए।