• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणीको आराधना गरिँदै

  • वीरगंज संजाल
  • २ कार्तिक २०७७, आईतवार ०६:४१
  • ४४५७

    नेपालीहरुको ठूलो चाड बडादसैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंँदै छ।आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भएको नवरात्रको दोस्रो दिन ‘ब्रह्मचारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ भन्दै देवीको ब्रह्मचारिणी रुपको आराधना हुन्छ। भक्तलाई आफ्नो माध्यमबाट परब्रह्मस्वरुपामा लीन गराउनु वा प्राप्त गराउनु भगवतीको स्वभाव हो। त्यस्ती परमस्वरुपा देवीको पूजा गरिने विशेष दिन हो आज।

    नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाका नामबाट चिनिन्छ।द्वितीयाका दिन कोट, मन्दिर वा पूजाकोठामा दीप, कलश, गणेशसहित ईशान कलश वा मध्यभागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार पारी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ। स्वरुप एकै भए पनि विभिन्न स्वरुपमा पूजा गर्नु हाम्रो विशिष्ट परम्परा हो।

    सनातन संस्कृतिमा दैवीशक्तिका रुपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको मानिन्छ। ‘अहं ब्रह्मस्वरुपिणी’ यो सारा संसारको  सृष्टिकारीका ब्रह्मस्वरुप म नै हुँ र जगत्मा भएका सारा प्रपञ्च मबाटै सञ्चालित छन् भन्ने विषय देव्यथर्वशीर्षमा देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।

    सृष्टिमा पनि आद्य सृष्टिकी कारण भएकी जगदम्बा जगत्की पालनकर्ता र जीवनहर्ताका रुपमा पनि आफू नै रहेको विषय वर्णित भएका छन्। आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरुपका रुपमा पूजा गर्दै परिधानीय वस्त्रसहित अलङ्कार र दक्षिणा दिई सम्मान गरिन्छ। जप, दुर्गासप्तशती पाठ र हवन गरी द्वितीया दिनको कर्म पूरा गरिन्छ।

    शक्तिको उपासना गर्दा कर्ताले रातो वस्त्र धारणा गरी भगवतीलाई रक्तचन्दन, रक्ताक्षत, रक्तपुष्प , बेलपत्र, रक्तवस्त्र चढाई अर्चना गर्नाले कामना पूर्ण हुने विश्वास छ। मिष्ठान्न, विभिन्न प्रकारका नैवेद्यका साथै ऋतुफल, उखु, बेलपत्र, नरिवल आदि देवीलाई मन पर्ने फलफूलमा पर्दछन्। नेपाल प्राचीन समयदेखि नै आर्ष परम्पराबाट स्थापित शक्ति भूमिका नामले परिचित छ। देवीहरूको शक्तिकेन्द्र भएकाले प्रत्येक नेपालीले सुख शान्ति र अभीष्ट फल प्राप्तिका लागि शक्ति स्वरुपा नवदुर्गा भवानीको पूजापाठ गर्दछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑