मलेसिया । कृष्ण गुप्ता । हामि नेपालीहरु वैदेशिक रोजगारी को शिलशिला मा विश्व को विभिन्न देशहरुमा पुगेका छौँ र संबंधित विभिन्न मुलुकहरुमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरु एक जुट ।
भएर हातेमालो गर्छन जब देश दुख्छ”अनि समाज रुन्छ इत्यादि कारण ले अत्यन्तै समस्या अनि पीडा झेल्दै आएका बा आमा दाजुभाइ दिदिबहिनीहरु लाई सहयोग गरौं है भन्ने।
विभिन्न तरिका बाट पीडित को अवस्था हेरि आर्थिक सहयोग मा जुटेको र सो सहयोग ले सयौं पिडितहरुको उद्दार भएको बास्तबिकता त हामिलाई थाहा नै छ यस्तै तरिका ले ।
मलेसिया मा पनि यहाँ रहेका केही युवाहरुको एउटा समुह ले नेपाल संगै मलेसिया मा आर्थिक अभाव को कारण विभिन्न समस्या पर्नु भएका पीडित हरुलाई आर्थिक सहयोग गरेका छन् ।
केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष डिएस थापा र सचिव कृष्णा थापा पत्रकार कृष्ण गुप्ता को पहल मा टाईगर योङ्ग स्टार राहत कोष मा नेपाली रु.७४५०० जम्मा भएको थियो,यही रकम लाई बाग्लुङ को ।
ढोरपाटन नगरपालिका ८/९ का बाढी पीडित लाई रु,२५००० (पच्चीस हजार) दुई ओटा खुट्टा नभएकी बुटवल की हिरा थापा लाई रु १००००(दश हजार) मलेसिया को ।
शाह आलम मा सानो बच्चा सहित अलपत्र परेकी नेपाली चेली ओखलढुंगा कि सविना कटुवाल राई लाई रु १६००० (सोह्र हजार)
र गुल्मी का दुबई हात खुट्टा नचल्ने भएका भीम ब.परिवार लाई रु १०००० (दश हजार) सहयोग गरेको छ, यस लगत्तै अब बाकी रहेको रकम पनि नेपाल को विभिन्न ठाउँ मा।
सहयोग गर्ने अध्यक्ष थापा ले जानकारी दिनु भयो र यस अभियान मा जोडिनु भएका सम्पूर्ण सहयोगी हरू लाई धन्यबाद प्रदान पनि गर्नु भएको छ।