वीरगंज । मन्त्रिपरिषद् बैठकले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।सोमबार बसेको क्याबिनेट बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै यस्तो निर्णय गरेको हो।
जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।भारतसँग आवात जावतका लागि हाल १० वटा नाका मात्रै खुला राख्ने र अन्य बन्द गर्ने निर्णय भएको छ।
हाल झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी मात्र भारततर्फ आवतजातका लागि खुला छन्।यस्तै आजको मन्त्रिपरिषद् बैठकले दशैं तिहार जस्ता पर्व यथास्थानमा मनाउन समेत जनतालाई अपील गरेको छ।