• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पछिल्लो समय पर्सामा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै

  • वीरगंज संजाल
  • ११ बैशाख २०८२, बिहीबार १८:५९
  • ७१३

    वीरगन्ज | पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै गएको तथ्यांकले देखाएको छ । मानव बेचबिखनको ट्रेन्ड परिवर्तन हुँदा मानव बेचविखन विरुद्धको अभियानमा लागेका संघसंस्था , प्रहरी प्रशासन लगायत पीडित पक्षले झनै समस्या भोग्नुपर्ने देखिएको छ ।

    बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले बाह्यका साथै आन्तरिक रुपमा पनि मानिसहरु बेचविचनमा परिरहेका छन् ।
    आन्तरिक रुपमा देशका विभिन्न जिल्लाका स्थानहरुमा तथा सिमावर्ती भारतका विभिन्न स्थानमा विभिन्न प्रयोजनको लागि हुने बेचबिखन, अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयोजनको लागि हुने बेचबिखन तथा ओसारपसारले महिला, बालबालिका तथा पुरुष सबैमा जोखिमको अवस्था सिर्जना भएको विहीबार आयोजित मानवबेचविखन विरुद्धको छलफल कार्यक्रमका सरोकारवाला सहभागिहरुले बताएका छन् ।

    मानव बेचबिखन न्यूनीकरणमा नागरिक समाज , विभिन्न संघसंस्था र राज्य लागिरहेको भए पनि हस्तक्षेपकारी भूमिका नदेखिएको पनि सहभागिहरुले गुनासो गरेका हुन् ।

    कार्यक्रममा माईती नेपाल वीरगंजकी प्रमुख गोमा पौडेलले सिमा नाकामा प्रहरी सरुवा भएसंगै कार्यमा पनि प्रभाव पर्ने गरेको गुनासो गरीन् तर जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यले हाल बेचविखन विरुद्धको अभियानमा लागेकै कारण मानिसहरुलाई उद्धार गर्न सकिएको पनि बताईन् ।

    उनले भनिन् , बेचविखन विरुद्धको अभियानमा हामी संघसंस्थाका प्रतीनीधीहरु अहोरात्र खटीएका छौँ त्यसरी नै सिमा नाकामा खटीएका प्रहरी ईन्चार्जहरुको सरुवा भएर त्यही स्थानमा आउने अन्य प्रहरी ईन्चार्जहरुलाई जिल्ला प्रहरी कार्यालयबाटै अगावै जानकारी गराएर समन्वय गर्न सके अझ प्रभावकारी ढंगबाट अभियानमा लाग्न सकिन्छ ।

    पौडेलले हाल धेरै जसो किशोरी किशोरी सामाजिक संजालबाट माया प्रेममा फसेर, रोजगारीको प्रलोभनमा परेर नेटवंिर्कगं कम्पनीहरुको जंजालमा फसेर , आर्केष्ट्रा नाँचका लागि तथा मसाज सेन्टर भनेर अनुमति वेगर वा अनुमति लिएर धमाधम खुलिरहेका केही स्पा सेन्टरहरुमा समेत बेचिविखनको घटनामा वृद्धि भएको बताईन् ।

    त्यस्तै हाल बाह्य भन्दा आन्तरिक बेचविखन पनि मौलाएको कार्यक्रमका सहभागिहरुको भनाई छ । किशोर किशोरीहरु विभिन्न कारणले बेचविखनमा परेपनि समाजमा लोक लाज र डर त्रासका कारण यस्ता घटना बाहिर आउनुपर्ने जति आउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

    कार्यक्रममा बोल्दै आफन्त नेपाल वीरगंजकी प्रमुख मनु रानाले हाल प्राय वी विन्नर जस्ता नेटवर्किंग कम्पनीमा जागिर पाउने प्रलोभनमा परेर बेचविखनमा पर्ने किशोर किशोरीहरुको संख्या बढ्दै गएको बताईन् । उनले प्रहरीको सहयोग र सहकार्यमा सिमा नाकाबाट निरन्तर रुपमा बेचविखनमा परेकाहरुको उद्धार गर्न सफलता हासिल गर्दै आएको पनि बताईन् ।

    उनले थप्दै भनिन् “खुला सीमा प्रमुख चुनौतीका रुपमा छ, गरिब, बेरोजगार महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर दलाल नाका कटाउने गरेका छन् ,पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि यस्ता समस्याहरु निम्त्याएको देखीन्छ । ”

    त्यसैगरी साना हातहरु संस्थाका प्रमुख बाबुराम क्षेत्रीले भने मानवबेचविखनको समस्या भयावह रुपमा विस्तार हुँदै गएको तथा खासगरी पढेलेखेका तथा बेरोजगार युवा , किशोर , किशोरी , महिलाहरु नै यसको सिकार भएको बताए । उनले गत वर्षको पुष महिनादेखी चैत्र महिनासम्मको तीन महिनाको अवधीमा ३ महिला सहित २६ जनालाई सिमा नाकाबाट उद्धार गरीएको जानकारी समेत दिए । त्यस्तै उतm अवधीमा ५ सय ६० जनालाई परामर्श तथा सचेतना प्रदान गरेको पनि बताए ।

    त्यस्तै आफन्त नेपालले २०२५ को जनवरी देखी अप्रिलसम्मको अवधीमा ७२ जनालाई सिमा नाकाबाछ उद्धार गरेको छ भने ६ हजार ८ सय ३ जनालाई सचेतना प्रदान गरेको छ । त्यस्तै ६५ जनालाई भने पारीवारीक पुनर्मिलन गराईएको छ भने १ हजार ६ सय ६६ जनालाई परामर्श सेवा प्रदान गरीएको मनु रानाले बताईन् ।

    आशिष सामाजिक सेवा नेपालले २०२४ मार्च देखी २०२५ मार्च सम्ममा ६८ जनालाई उद्धार गरेको छ भने ४ सय ७६ जनालाई परार्मश प्रदान गरेको तथा उद्धार पछि ५९ जनालाई पारीवारीक पुनर्मिलन गराईएको छ भने घर फर्कन नसकेकाहरुका ४५ जनालाई आपतकालिन गृह सेवा प्रदान गरेको संस्थाकी कौशिला वि.क ले जानकारी दिईन् ।

    त्यसैगरी माईती नेपालकी गोमा पौडेलले २०२५ को जनवरी देखी हालसम्ममा सिमा नाकाबाट ३० जनाको उद्धार गरीएको बताईन् ।उनले ४४ जना भने विभिन्न समस्यामा परेर संरक्षण गृहमा राखिएको जनकारी दिईन् । माईती नेपालले एक वर्षको अवधीमा ६ हजार ९ सय ५० जनालाई परामर्श दिएको छ भने ८ सय ९० जनालाई सिमा नाकामा मानवबेचविखन विरुद्धको पर्चा पम्प्लेट वितरण गरेको छ भने त्यसक्रममै ५ हजार ७ सय ८६ वटा सवारी साधनमा चेकजाँच पनि गरेको पौडेलले जनाईन् ।

    पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले भने , मानव बेचबिखनका अधिकांश घटना बाहिर आउँदैनन् । बाहिर आएका घटनाले पनि कानुनी उपचार तथा औपचारिकता पाउँदैनन् । यसको मुख्य कारण पीडित पक्षले जाहेरी दिन मान्दैनन् ।

    अशिक्षा ,दबाब र कानुनको अनभिज्ञता जस्ता कारणले पनि त्यस्ता घटना बाहिर नआउने गरेको र आएपनि मुद्धा नपर्ने गरेको सरोकारवालाहरुले पनि बताएका छन् ।

    प्रहरी उपरीक्षक मिश्रले भने मानवबेचविखन जस्ता विषयको संवेदनशिलतालाई बुझेर अझ विकराल अवस्था आउन नदिन आगामी दिनमा सिमा नाकामा प्रहरीले अझ समन्वयात्मक भुमीका निर्वाह गर्ने प्रतीबद्धता व्यतm गरेका छन् ।

    त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवबेचविखन अत्यन्तै संवेदनशिल विषय रहेको र यसमा राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारीमा विभिन्न निजी तथा सरकारी संघसंस्थाले खेलेको भुमीका तथा कार्यको प्रशंसा गर्दै रोजगारीको प्रलोभनमा परी वि विन्नर लगायत यस्ता नेटवर्किगं कम्पनिमा जानेहरुलाई रोक्न र बेचविखनबाट जोगाउन सिमा नाकामा चेकजाँचमा अझ कडाईका साथ लाग्ने प्रतीबद्धता व्यतm गरे ।

    उनले भने,स्थानीय तह समेत यसको लागि प्रभावकारी हुनुपर्नेमा जोड दिदै ,प्रहरी प्रशासनले आगामी दिनमा विभिन्न यसविरुद्धमा निरन्तर लागिरहेका विभिन्न संघसंस्थासंग समन्वय गरेर जाने हो ।किनकी यो विषय पनि शान्ति सुरक्षासंग जोडीएको विषय हो ।

    कुनै पनि व्यक्तिलाई डर, धम्की, लोभलालच देखाइ शोषण गर्ने उद्देश्यले सो व्यक्तिको इच्छाविपरीत काम गर्न बाध्य तुल्याउने कार्यलाई मानव बेचबिखनको रूपमा लिइन्छ । नेपालको संविधानको मौलिक हकअन्तर्गतको धारा २९ मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन । कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन पाइने छैन भनी प्रष्ट उल्लेख गरेको छ ।

    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा ९१० अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने, वेश्यागमन गर्नुलाई बुझाउँछ । सोही ऐनको दफा ४ ९२० मा कसैले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लगेमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, अपहरण गरी, शरीर बन्धक राख्न बन्देज गरिएको छ ।

    साथै, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिनेलगायतका कार्यलाई बर्जित गरेको छ ।साभारःमधेस खबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑