वीरगंज । दुई देशको विचमा रहेको सीमा तनाव अन्त गर्न आज भारत र चीनका उच्च सैनिक अधिकारीहरुको सातौं बैठक बस्दैछ । केही महिना यता चीन र भारतबिच लद्धाख क्षेत्रमा तनाव जारी छ ।
अहिलेसम्म विभिन्न चरणमा भएका वार्ताले खासै नतिजा नदिइरहेको समयमा दुई देशबिच आज वार्ता हुन लागेको हो । वार्ता भएपनि आज नै कुनै ब्रेक–थु्रको सम्भावना भने एकदमै कम रहेको छ ।