एजेन्सी । उत्तरकोरियामा कोरोना महामारीको कठिनाईका बीच सैन्य उत्सवको तयारी थालिएको छ । कोरोना महामारीका अतिरिक्त गम्भीर आर्थिक प्रतिबन्धहरुको सामना गरिरहेको उत्तरकोरियाको इतिहासमै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना गर्ने तयारी थालिएको हो ।
उक्त सैन्य परेड त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको ७५ औं वार्षिकोत्वसका अवसरमा आयोजान गरिन थालिएको हो |बीबीसीका अनुसार उत्तरकोरियाका लागि पार्टीको वार्षिकोत्वसमा आयोजना हुन लागेको यो सैन्य परेड सैन्य शक्ति प्रदर्शन गर्ने ठूलो अवसर पनि हो र कम्युनिष्ट तागत प्रदर्शन गर्ने अर्को अवसर हो ।
निकै वर्षअघि देखि अमेरिकासँग टक्कर गर्दै आएको उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा भेटवार्ता भएपनि कुनै सम्झौता भने हुन सकेको छैन ।