सर्लाही | सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्ला प्रशासन कार्यालयका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। आज दिउँसो प्राप्त रिपोर्टअनुसार सिडिओ पौडेल, उनका सुरक्षागार्ड, प्रशासकीय अधिकृत, राहदानी फाँटकी एक महिलासहित छ जनामा कोरोना पुष्टि भएको हो।
प्रशासन कार्यालयका एक जना नायब सुब्बाको रिपोर्ट पोजेटिभ आएपछि गएको बिहीबार जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारी तथा थुनुवाहरु गरी ७१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो।
थुनुवाको भने रिपोर्ट आउन भने बाँकी छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादवले आज दिउँसो एक सूचना प्रकाशित गर्दै असोज २५ गतेदेखि ३० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख गरिएको छ।