भारत । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का पूर्व-निर्देशक अश्विनीकुमारले आत्महत्या गरेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार अश्विनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् । उनी नागाल्यान्डका पूर्व-राज्यपालसमेत हुन् । नागल्यान्डकाे राजधानी शिमलास्थित निवासमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
७० वर्षीय आश्विनीकुमारले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नाेटमा उल्लेख गरेका छन् । त्यहाँकाे प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएकाे जनाएकाे छ ।