• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पढेकै बिर्सन थाले बालबालिका

  • वीरगंज संजाल
  • १६ आश्विन २०७७, शुक्रबार १२:०५
  • ४११३

    सधैं कक्षामा प्रथम हुने परिक्षित पन्तले लकडाउनका ६ महिनामा पछिल्लो कक्षामा पढेको धेरैजसो पाठ बिर्सिएका छन् । कक्षा ४ मा पढ्ने उनी कोरोना महामारीका कारण लकडाउन सुरु भएयता घरै थिए ।

    लकडाउन हटेपछि उनी एक दिन विद्यालय गए । उनलाई शिक्षकले तीन महिनाका लागि होमवर्क दिए । उनले कुनै पनि विषयको पूरा गर्न सकेनन् । ‘पढेको सबै बिर्सेछ,’ परिक्षितकी आमा निर्मलाले भनिन्, ‘दैनिकजसो दुई घण्टा घरमा पढाउॅंदा पनि पहिले जस्तो हुन सकेको छैन ।’

    डडेलधुराको भागेश्वर–४ को भुवनेश्वरी प्राविमा पढ्ने परिक्षितमात्रै होइन लकडाउनपछि विद्यालय जान नपाएका प्राथमिक तहका अधिकांश बालबालिकाको अवस्था उस्तै छ । गत चैत ११ देखि बन्द भएका विद्यालय अहिलेसम्म खुल्न सकेका छैनन् । केही विद्यालयका माध्यमिक तहका विद्यार्थी अनलाइनलगायत वैकल्पिक कक्षामा सहभागी भए पनि प्राथमिक तहकाले भने विगतमा पढेकै कुरा पनि बिर्सिएका छन् । सन्तानको पढ्ने बानी छुट्न थालकोप्रति अभिभावकहरू चिन्तित छन् ।

    विद्यालय बन्दपछि अजयमेरु–४ का प्राथमिक तहका अधिकांश विद्यार्थी बाख्रा गोठालो छन् । ‘बिहानै उठेर झोला बोकेर स्कुल जाने बालबालिका बाख्रा चराउन गएको देख्दा दुःख लाग्छ,’ पूर्व शिक्षक अमर भाटले भने, ‘ठूलो कक्षाका विद्यार्थी जान्ने बुझ्ने हुन्छन् तर प्राथमिक तहलाई भने केही थाहा हुँदैन ।’ सानो कक्षाका विद्यार्थीले कखरासमेत बिर्सिएको पनि पूर्व शिक्षक भाटले दुखेसो गरे । ‘कुनै पनि निकायले यस विषयमा ध्यान दिन सकेका छैनन्,’ उनले भने ‘शैक्षिक सत्रका ५ महिना बितिसके, पढाई र विद्यालय खुल्ने सुरसार देखिदैन ।’

    सरस्वती मावि बगरकोटका प्रधानाध्यापक केशव पन्तले पनि बिद्यालय बन्द भएपछि विभिन्न माध्यमबाट प्राथमिक तहका विद्यार्थीलाई पढाईसँग जोड्ने प्रयास असफल भएको बताए । उनले भने, ‘माथिल्लो कक्षाभन्दा प्राथमिक तहका बालबालिकाको अवस्था चिन्ताजनक भएको छ ।’

    घरभन्दा विद्यालयमा निर्भर रहने सामाजिक अवस्थाका कारण पनि प्राथमिक तहका बालबालिकाले लकडाउनका कारण ठूलो क्षति व्यहोरेका छन् । ‘शैक्षिक सत्र सुरु भएको ५ महिना बिते पनि यस विषयमा निर्णय हुन नसक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।

    डडेलधुरा जिल्लाका केही स्थानीय तहले पहिलो पटक लकडाउन खुलेपछि विद्यालय खोल्ने प्रयास गरे पनि सम्भव हुन सकेको छैन । अजयमेरु गाउँपालिकाले एक साता अघिदेखि बिद्यालय खोल्न गरेको निर्णय पुन फिर्ता लिनुपरेको छ । वैकल्पिक सिकाइ कक्षाका माध्यममले अहिले उक्त गाउँपालिकाले पढाई सुरु गरेको छ । यसबाहेक स्थानीय तहले कुनै पनि तहका विद्यालयलाई वैकल्पिक रुपमा अध्ययन गराउन समेत सकेका छैनन् ।

    निजी विद्यालयले पनि पढाइ संचालन गर्न सकेका छैनन् । कोरोना महामारीले कम प्रभावित क्षेत्रमा पनि बिद्यालय खुलेका छैनन् । ‘सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये सवैभन्दा कम प्रभावित डडेलधुरा हो,’ स्थानीय एक शिक्षक वीरभान शाहीले भने, ‘आवश्यक मापदण्ड तोकेर कोरोना प्रभावित नभएका स्थानीय तहमा विद्यालय खोल्नुपर्ने सुझाव शिक्षक संघ/संगठनले दिए पनि अहिलेसम्म सरोकारवालाले कुनै चासो राखेका छैनन् ।’

    मापदण्ड बनाएर विद्यालय खोल्न सक्ने कानुनी व्यवस्था भए पनि स्थानीय तहले पनि विद्यालय खोल्ने निर्णय गर्न नसकेको उनले बताए । बालबालिका मात्र होइन ग्रामीण क्षेत्रमा अभिभावक पनि बालबालिकाको अध्ययनप्रति उदासिन हुन थालेको देखिएको छ ।

    डडेलधुरामा १ सय ९३ आधारभूत र ५८ माध्यामिक विद्यालय गरी २ सय ५१ सामुदायिक विद्यालय छन् । ४३ वटा निजी क्षेत्रका विद्यालय छन् । सबै विद्यालयमा १६ हजार बढी विद्यार्थी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑