वीरगंज | जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ मा सामान्य बदली रहने छ।
उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।