वीरगंज। कोरोना संक्रमणका कारण पर्साका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष रहेका छन् ।उनलाई वीरगञ्जबाट थप उपचारका लागि चितवनको भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उनलाई नारायणी बयोधा हस्पिटलले सोमबार भरतपुर रिफर गरेको थियो ।
मधुमेहको पुरानो रोगी उनको मृगौलामा समेत समस्या देखिएको थियो । नारायणी बयोधा र नेशनल मेडिकल कलेजमा गरी उनको १८ पटक डायलायसिस भइसकेको थियो ।
तीन दिनदेखि श्वास प्रश्वासमा समेत समस्या देखिएपछि असोज १० गते शनिबार उनलाई नारायणी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो ।योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।