आज:
  • होमपेज / Breaking News

    फस्टाउँदै अनलाइन व्यापार–व्यवसाय

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार ०२:०५
  • ३३१३

    वीरगंज | विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण कुनै पनि मुलुक यस महामारीबाट अछुतो रहन सकेन । विश्वमा लाखौं मानिसले ज्यान गुमाइसकेका छन् भने करोडौं मानिस यस कोराना भाइरसबाट संक्रमित हुनुपरेको छ । विश्वको अर्थतन्त्र धेरै खस्किसकेको छ भने लाखौं मानिसले आफ्नो श्रमबाट रोजीरोटीसमेत गुमाइसकेको अवस्था छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो मुलुक नेपालमा पनि विगत ६ महिनादेखि नै देखिसकेको छ ।

    गत चैत ११ गतेदेखि हाम्रो मुलुकमा पनि लकडाउन भएको थियो । लकडाउनको समयमा कुनै पनि बैंक–वित्त, व्यापार–व्यवसाय, यातायात तथा औद्योगिक क्षेत्रहरू पूर्ण रूपमा बन्द नै भएका थिए । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नसमेत निषेध गरिएको थियो । समग्रमा भन्दा लकडाउनको समयमा सरकारले जनातालाई घरभित्रै थुनेको थियो । करिब चार महिनाको बन्दाबन्दीपछि साउन ४ गतेदेखि सरकारले लकडाउन केही खुकुलो गरेको थियो । त्यसपछि आंशिक रूपमा सवारी साधन चले पनि व्यापार–व्यवसाय भने पूरै ठप्प रहे ।

    यस्तो अवस्थामा राजधानीभित्रका धेरै जनताले पसलमा गएर सामान खरिद गर्नेभन्दा पनि धेरै मानिस आफूलाई चाहिने अत्यावश्यक सामान प्रायः अनलाइन माध्यमबाटै अर्डर गरी खरिद गरेर समस्याको समाधान गर्ने गर्छन् । अनलाइनबाट अत्यधिक अर्डर गरिने सामानहरू कपाल काट्ने मेसिन, मोबाइल, लत्ताकपडा, खाद्यान्न, विद्युतीय सामानलगायत धेरै सामान अनलाइनबाट नै मानिसहरू मगाउने गर्छन् ।

    ललितपुर, टीकाथलीनिवासी रञ्जिता गिरी पोखरेलले गत सोमबार जमसुट अनलाइनबाटै खरिद गरिन् । उनले कोरानाबाट सचेत रहन र बजार धाइरहनुपर्ने झन्झटबाट केही सरलीकरण भएको र सस्तो र सुलभ मूल्यमा अनलाइनबाट नै सामान मगाउँदा यसमा आफू सन्तुष्ट रहेको अनि अनलाइनबाट मगाएको सामान गुणस्तर पनि रहेको बताइन् । उनले यो अनलाइन सेवा–सुरक्षाका दृष्टिकोणले अत्यन्तै प्रभावकारी रहेको र समयको समेत बचत हुने कुराको जानकारीसमेत दिइन् ।

    त्यस्तैगरी काठमाडौंको गोठाटारस्थित रमा घिमिरे चापागाईंले पनि अनलाइनबाटै जिम्मी कम्पनीको एउटा कपाल काट्ने मेसिन २ हजार रुपैयाँ तिरेर मगाइन् । उनले त्यो कपाल काट्ने मेसिनले सोही दिन चार जनाको कपाल काटिन् । उनी भन्छिन्, “अनलाइनबाट मगाएको एकैछिनमा मोटरसाइकलमा आफूले भनेको सामान लिएर मानिस आउनुभयो ।” यसले गर्दा यत्रो महामारीमा सार्वजनिक यातायात चढेर बजारसम्म जानुपर्ने झन्झट समाप्त भएको छ भने समयको बचतसँगै अनलाइनबाट सामान खरिद गर्ने माध्यम प्रभावकारी रहेको समेत चापागाईंले बताइन् ।

    सूक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने रञ्जिता गिरी पोखरेल र रमा घिमिरे चापागार्इं अनलाइनबाट सामान अर्डर गर्ने केही उदाहरण मात्र हुन् । मुलुकमा यस्ता धेरै अनलाइन सामान बिक्री–वितरण गर्ने विभिन्न ब्रान्डका कम्पनीहरूले आफ्नो व्यवसायलाई निरन्तरता दिन र आर्थिक उन्नति हासिल गर्न यसरी अनलाइनबाट व्यवसाय गर्ने गरेको पाइन्छ । यस्ता व्यवसाय गर्ने कम्पनीहरू मुलुकभित्र प्रशस्तै छन् । जस्तै— होटल तथा खानेकुराका लागि भरपर्दो अनलाइन माध्यम फुडमाण्डु रहेको छ भने यातायातका लागि अत्यन्तै लोकप्रिय पठाओ ।

    त्यस्तैगरी खानेकुरा तथा खाद्यान्नका लागि मनोहरा मार्टलगायत धेरै मुलुकमा आ–आफ्नो कम्पनीले विषम परिस्थितिमा अनलाइन माध्यमबाट आममानिसलाई सेवा प्रदान गरिरहेका छन । र, यो अनलाइन सेवाले मुलुकमा तीव रूपमा फैलिएको कोराना भाइरसजस्ता रोगको महामारीमा केही मात्रामा भए पनि जोखिम न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने आममानिसको विश्वास छ भने अहिलेको विषम परिस्थितिमा अनलाइन व्यापार–व्यवसाय पनि फस्टाउँदै गइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑