वीरगंज | काठमाडौँ र आसपास क्षेत्रमा भूकम्पको धक्का महसूस भएको छ। बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो।
युएसएसजीका अनुसार तिब्बत केन्द्रविन्दु भएको ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर पूर्वोत्तर र रसुवास्थित नेपालको उत्तरी सीमाक्षेत्र कोदारीबाट १० किलोमिटर टाढा तिब्बतमा रहेको छ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालकै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर भूकम्प गएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले ६ म्याग्निच्युडको भूकम्प गएको पनि उल्लेख गरेका छन्।