पर्सा ।राजेन्द्र चौधरी । पर्साको ठोरी गाउँपालिका वडा नं. ३ शिकारीबास गाउँ नजिकैको खोलामा गए राती देखि आएको बाढिले धानखेत बगाएको छ ।
गाउँमा नजिक रहेको खोला मा ठूलो बाढी आए पछि स्थानिय सञ्जय चौधरी र भगन चौधरीको करिब ६/७ कट्ठामा लगाएको धानबाली तथा खेत खोलाले बगाएको छ ।
खोलामा आएको बाढीका कारण बाहिर गाउँ आवतजावत समेत बिहान बन्द भएको थियो । जङ्गल हुँदै गाउँ सम्म आइपुग्ने कच्ची बाटो केही साता अगाडी आएको बाढीले बागाएपछि बाटो अवरुद्ध भएको र केही दिन पछि मात्र खुलेको थियो ।
गए राती आएको खोलाको बाढिले स्थानियहरुको बाहिर गाउँ आज बिहान करिब ९ बजे सम्म आवत जावत बन्द भएको थियो भने वर्षा कम भएपछि पैदल हिड्नको लागि अहिले भने बाटो खुलाइएको छ ।अरु बेला सुख्खा रहने खोला बर्षात को बेला मात्रै खोला तथा पानी आउने गर्दछ।
यसैबीच खोला बाट पानी थुनेर गाउँ सम्म आउने पानीको कुलो को मुहान तथा पानीको बाध बाढिका कारण भत्किएकाले सिचाईको पानीको पनि अभाव भएको छ ।
स्थानिय सञ्जय चौधरी र भगन चौधरीको केही साता अगाडि पनि २ बिगहा धान खेती खोलाले बगाएको थियो।