• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली विद्यार्थीबाट वर्षेनि अर्बौं कमाउँदै भारत

  • वीरगंज संजाल
  • ३० भाद्र २०७७, मंगलवार १४:०३
  • ३२६१

    वीरगंज। उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ ।भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली हुने गरेको त्यहाँको मानव संसाधन विकास मन्त्रालयको तथ्यांकले देखाएको हो । तर, यो तथ्यमा कमै मात्र चासो र चर्चा हुने गरेको छ ।

    भारतीय शिक्षण प्रतिष्ठान नेपाली विद्यार्थीतर्फ उन्मुख हुँदै गएका छन् । नेपाली नीति निर्माताहरू भने वर्षेनि हजारौं विद्यार्थी किन बाहिरिइरहेका छन् र कसरी स्वदेशमै अवसर दिन सकिन्छ भन्नेमा खासै गम्भीर देखिएका छैनन् ।  भारतले अहिले रणनीतिक रूपमै विदेशी विद्यार्थीलाई आकर्षित गर्ने योजना अघि सारेको छ । त्यसमा नेपाली विद्यार्थी मुख्य प्राथमिकतामा छन् ।

    भारतको मानव संसाधन विकास मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको ‘अल इन्डिया सर्भे अन हाइअर एजुकेशन–२०१८/१९’ ले भारतमा उच्च शिक्षाका लागि जाने विदेशीमध्ये नेपाली विद्यार्थी अग्रस्थानमा रहेको देखाएको छ ।

    कुल विदेशी विद्यार्थीमा नेपाली २६ दशमलव ८८ प्रतिशतसहित प्रथम स्थानमा रहेको अध्ययन प्रतिवदेनमा उल्लेख छ । त्यस शैक्षिक वर्षमा भारतका विभिन्न शिक्षण प्रतिष्ठानमा ४७ हजार ७ सय २४ विदेशी विद्यार्थी भर्ना भएका थिए । तीमध्ये नेपाली विद्यार्थीको संख्या मात्रै करीब १३ हजार हाराहारी छ ।

    विभिन्न तहलाई औसत ५ वर्षको अवधि मान्दा भारतका विभिन्न विश्वविद्यालयमा करीब ६५ हजार नेपाली विद्यार्थीले अध्ययन गरिरहेको अनुमान गर्न सकिन्छ । नेपाली विद्यार्थीले भर्ना, पढाइ, आवास शुल्क, यातायातलगायतमा अर्बौं खर्च गर्छन् ।

    नेपाली अभिभावकले भारतमा आफ्ना सन्तानका लागि वार्षिक ८ लाख भारतीय रुपैयाँ (भारू) खर्च गर्ने गरेको भनाइका आधारमा भारतीय शैक्षिक संस्थाहरूलाई नेपाली विद्यार्थीबाट वर्षेनि ५२ अर्ब भारू आय भइरहेको छ ।

    देहरानदुन, नैनीताल, लखनऊ, दार्जिलिङलगायत कन्भेन्ट स्कूलमा पढ्न जाने नेपाली विद्यार्थीको आँकडालाई जोड्ने हो भने यो अंक खर्ब हाराहारीमा पुग्ने जानकारहरू बताउँछन् ।

    सरकारले शिक्षाको पूर्वाधार र प्रणाली व्यवस्थित तुल्याउन नसक्दा नेपालबाट विद्यार्थी बाहिरिने अवस्था आएको प्राडा दीपक शाक्यको बुझाइ छ । ‘सरकारको शिक्षा नीति नै स्थिर छैन । पर्याप्त पूर्वाधार र अवसरको कमी विद्यार्थी बाहिरिने मूल कारण हो,’ शाक्यले भने ।

    शिक्षामा भित्रिइरहेको विश्वव्यापीकरण र अवसर निश्चित हुने हो भने अध्ययनका लागि बाहिर जाने अवस्थाको अन्त्य हुन सक्ने प्राडा शाक्यको दाबी छ । सरकारले अहिलेसम्म विद्यार्थीलाई बाहिर पठाउने मात्र सोचिरहेको भन्दै आवश्यक पूर्वाधार र शैक्षिक क्षेत्रको प्रवर्द्धनको नीति लिए बाहिरका विद्यार्थीसमेत आकर्षित गर्न सकिने उनको तर्क छ ।

    भारतले त्यहाँका शैक्षिक प्रतिष्ठानलाई विभिन्न सहुलियत दिएर प्रवर्द्धन गरिरहेकाले सस्तो खर्चमै शिक्षा दिइरहेको जानकारहरूको भनाइ छ । विदेशी विद्यार्थी आकर्षित गर्न भारत सरकारले प्रवद्र्धनका कार्यक्रममा करोडौं खर्चिरहेको छ ।

    भारत सरकारले सन् २०१८ देखि २०२० सम्म प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न डेढ अर्ब भारू स्वीकृत गरेको छ ।

    भारतको मानव संसाधन विकास मन्त्रालयले अबको ५ वर्षभित्र २ लाखभन्दा बढी विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखेको छ । भारतले त्यहाँका नाम चलेका शिक्षण प्रतिष्ठानलाई विदेशी विद्यार्थीका लागि वर्षमा १५ हजार सीट छुट्ट्याउन भनेको छ ।

    शैक्षिक क्यालेन्डर निश्चित नहुँदा पनि नेपाली विद्यार्थी बाहिरिएको अनुभव सहप्राध्यापक इन्दुशेखर मिश्रको छ । ‘भारतमा अहिले पनि स्नातक तहमा प्राविधिकबाहेकका शैक्षिक कार्यक्रम ३ वर्षे छन् । हामीकहाँ ४ वर्ष राखिएको छ । ४ वर्ष भनिए पनि तोकिएको समयमा पूरा हुँदैनन्,’ सहप्राध्यापक मिश्रले भने । सकारले शिक्षामा पूर्वाधार बढाएर तुलनात्मक सस्तो बनाउने र अध्ययनपछि रोजगारीको अवसर निश्चित हुने हो भने विद्यार्थी बाहिरिने क्रम घट्दै जाने विश्वास मिश्रको छ ।मदन लम्साल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑