• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शुक्र ग्रहमा जीवन रहेको संकेत!

  • वीरगंज संजाल
  • ३० भाद्र २०७७, मंगलवार १५:०१
  • २९२९

    खगोलशास्त्रीले शुक्र ग्रहको वायुमण्डलमा एक प्रकारको ग्यास फेला पारेका छन्, जसले त्यहाँ जीवन रहेको देखाउँछ।

    शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने संकेत पाइएको खगोलशास्त्रीले बताएका छन्।उनीहरूका अनुसार भेटिएको ग्यासको नाम फस्फिन हो, जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको एक किसिमको अणु हो।

    धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ। यो पेन्गुइनजस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ। यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ।

    हुन त फस्फिन, कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रूपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन्।

    saturn1

    उसो भए शुक्र ग्रहमा यो ग्यास कसरी पाइयो, त्यो पनि ५० किलोमिटर माथि? बस्, बेलायतस्थित कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मीको प्रश्न यही मात्र छ।

    शुक्र ग्रहमा यसरी फस्फिन ग्यास भेटिएकोबारे उनीहरूले नेचर एस्ट्रोनोमी जर्नलमा विस्तारपूर्वक लेखेका छन्।

    त्यसमा उनीहरूले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत बनेको हुन सक्ने बताएका छन्।

    तर अनुसन्धानकर्ताले शुक्र ग्रमा जीवन नै भेटिएको भनेर दाबी गरिसकेका छैनन्। संकेत मात्र देखिएकाले यसबारे थप पत्ता लगाउनुपर्ने बताएका छन्।

    कसरी भेटियो जीवनको संकेत दिने ग्यास?
    कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मीले हवाईको मौना केआ अब्जरवेटरीमा जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलीस्थित अटाकामा लार्ज मिलिमिटर ऐरी टेलिस्कोपको सहायतामा शुक्र ग्रहमा हेरे।

    त्यस क्रममा उनीहरूले फस्फिनको स्पेक्ट्रक सिग्नेचर पत्ता लगाए। त्यसपछि शुक्र ग्रहको बादलमा यो ग्यास धेरै मात्रामा भएको सम्भावना देखिएको हो। जसले त्यहाँ जीवनको सम्भावना बढाएको हो।

    प्राध्यापक जेन ग्रिब्सले भने, ‘आफ्नो पूरा करियरमा म ब्रह्माण्डमा कहाँ कहाँ जीवन छ भनेर खोज्ने रुचि छ। तसर्थ मलाई यो सम्भावनाबारे सोच्दा नै मजा आइरहेको छ।’

    यो किन रोचक छ?
    पृथ्वीको छिमेकी ग्रह शुक्रमा जीवनको सम्भावना सौर्यमण्डलका अन्य सबै ग्रहमा भन्दा कम रहेको मानिन्छ।

    शुक्रमा वायुमण्डलको मोटो पत्र छ, जसमा ९९ प्रतिशत कार्बन डाइअक्साइड छ। यो ग्रहमा वायुमण्डलीय दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ।

    सतहको तापक्रम पिज्जाको ओभनजस्तै ४ सय डिग्री सेल्सियसभन्दा बढी छ।

    त्यसैले शुक्र ग्रहमा गोडा राखियो भने केही सेकेन्डमै मानिसले उम्लेको महसुस गर्छ। त्यसैले शुक्रमा जीवन भइहाले पनि त्यो ५० किलोमिटर माथि नै पाउने आशा गर्न सक्छौं। बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑