काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएर बधाई दिएका हुन् । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी महारानी एलिजाबेथ द्वितीयाद्वारा पनि राष्ट्रपति भण्डारीलाई बधाई दिएका छन् ।
परराष्ट्र मन्त्रालयले जानकारी गराए अनुसार थाइल्याण्डका राजा महा भजिरालोकोर्न,फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन,स्वीजरल्याण्डका संघीय राष्ट्रपति उली माउररलगायतले पनि बधाई सन्देश पठाएका छन् ।